मकवानपुरको जङ्गलमा मानव कंकाल फेला

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

-मन्जु मैनाली

हेटौंडा । मकवानपुरको मकवानपुरगढीमा मानव कंकाल फेला परेको छ । मकवानपुरगढी गाउँपालिका-८ बुढीचौर स्थित आलखोला जंगलमा घाँस काटन गएका स्थानियहरुले मृत मानिसको कंकाल फेला पारेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

मृत मानिसको कंकाल रहेकोले र पहिचान नखुलेको प्रहरीले जनाएको छ । स्थानियसँग बुझ्दा, उक्त वडाका कोही मानिस हराई बेपत्ता नरहेको बुझिएको छ । कपडा तथा कपाल हेर्दा पुरुषको कंकाल जस्तो देखिएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

घटनास्थल इलाका प्रहरी कार्यालय मकवानपुर गढीबाट अन्दाजी २५ किलोमिटर पूर्वतर्फ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज