टिपरको ठक्करबाट घाइते स्कुटर चालकको उपचारको क्रममा मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

-मन्जु मैनाली

हेटौंडा । हेटौंडामा टिपरको ठक्करबाट घाइते भएका स्कुटर चालकको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा-११ थानाभर्याङ बस्ने ५५ वर्षीय भिम बहादुर बिडारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ADVERTISEMENT

शनिबार दिउँसो हेटौंडा-१० बसपार्क पिपलबोट स्थित स्थित पुर्व पश्चिम सडक खण्डमा कर्रातर्फ बाट बसपार्क तर्फ आउदै गरेको बा.प्र.०३-००५ प ३५११ नं. को स्कुटरलाई बसपार्कबाट कर्रातर्फ जादै गरेको प्र.२-०३-००१ ख ६८५४ नं. टिपरले ठक्कर दिएको हो।

दाँया हातमा चोट लागि घाइते भएका बिडारीलाई उपचारको लागी हेटौँडा अस्पताल पठाएको थियो । सामान्य उपचार पश्चात् चुरेहिल अस्पताल पठाइएकोमा त्यहाँबाट पनि थप उपचारको लागि भरतपुर नयाँ मेडिकल कलेज चितवन रिफर भएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज