धादिङ । धादिङको खनियाबास गाउँपालिका–१ झार्लाङमा काठ चिर्ने आराले घाँटी काटिएको अवस्थामा एक युवक युवा फेला पर्नुभएको छ ।नेत्रावती डवजोङ गाउँपालिका–५ कटुञ्जेका ईश्वर गुरुङ घाइते अवस्थामा फेला पर्नुभएको हो ।
निर्माणाधिन झार्लाङ गिलिङ्चो गुम्बामा हिजो राती करिव १ वजे घटना घटेको स्थानीय मनिष तामाङले जानकारी दिनुभयो । घाँटीको रुद्रीघण्टी आरोले काटिएको अवस्थामा भेटिएको तामाङले बताउनुभयो ।
उहाँको घाँटीमा ठूलो चोट लागेकोले बोल्न नसक्ने अबस्थामा रहेको धादिङ प्रहरीले जनाएको छ । घाइते गुरुङको स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि धादिङ अस्पताल पठाइएको छ ।
घटना बारे अनुसन्धान भइ रहेको र अनुसन्धानपछि मात्रै थप जानकारी आउने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले बताउनुभयो ।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता