✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८१ वैशाख ८ गते शनिबार, ई.स. २०२४ अप्रिल २०, तिथि- चैत्र शुक्लपक्ष द्वादशी, नक्षत्र- पूर्वफाल्गुनी, १५ः०० बजेपछि उत्तरफाल्गुनी, ध्रुव- योग, वव- करण, चन्द्रराशि- सिंह, सूर्योदय- ६ः३६, सूर्यास्त- १८ः३१ ।
मेष : खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ ।
वृष : मेवा-मिष्टान्न आदि खाने वातावरण मिल्नेछ ।
मिथुन : एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्न सक्छ ।
कर्कट : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।
सिंह : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।
कन्या : धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ ।
तुला : मनमा निराशा र खिन्नताको प्रादुर्भाव हुनेछ ।
वृश्चिक : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।
धनु : भाइबहिनी वा सन्ततिका तर्फबाट सुुखद खबर प्राप्त हुनेछ ।
मकर : घरायसी समस्याहरू देखा पर्न सक्छन् ।
कुम्भ : नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।
मीन : कुनै भौतिक सामान खरिद गर्नका लागि समय राम्रो छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts