काठमाडौंं । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । बिहीबार सिउरी न्यादीले निष्कासन गर्न लागेको सेयरको कोषले प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता भएको हो । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र न्यादी पावरका अध्यक्ष शैलेन्द्र गुरागाईंले हस्ताक्षर गर्नुभएको छ ।
न्यादी पावरले प्रतिकित्ता एक सय रुपैयाँका दरले तीन करोड तीन लाख ६० हजार सात सय ८४ कित्ता सेयर निष्कासन गर्दैछ । उक्त सेयरको तीन अर्ब तीन करोड ६० लाख ७८ हजार चार सय रुपैयाँ बराबरको सेयर प्रत्याभूति कोषले गर्ने भएको हो । यसअघि पनि कोषले धेरै कम्पनीसँग प्रत्याभूति कार्य गरिसकेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता