जनकपुरधाम । जनकपुरधाममा एक युवति र बालिका जलिरहेको अवस्थामा मृत फेला परेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका १६ पुल चोकको रेल्वे लिक नजिकै रहेको पोखरीको डिलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जलेर मृत्यु भएकी बालिका करिब एक वर्षकी रहेकी छिन। बालिका मृतक युवतीकै छोरी रहेको अनुमान छ । तर पुष्टि भएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
युवति र बालिका जलिरहेको अवस्थामा देखेपछि स्थानीयले बुधवार राति करिब ९ बजे प्रहरीलाई खबर गरेको थियो । प्रहरी पुग्दासम्म युवति र बालिकाको मृत्यु भइसकेको थियो ।
मृतक युवती महोत्तरीको मनरासिसा नगरपालिका २ कि २३ वर्षीया मप्रियंका महतो रहेको धनुषाका प्रहरीले जानकारी दिएको छ ।








Video News Post
Breaking News with Advertisements
Breaking news with related posts