सेतो मच्छिन्द्रनाथको पूजा अर्चना गर्नेहरुको भीड

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । काठमाडौंको प्रसिद्ध सेतो मच्छिन्द्रनाथको पूजा अर्चना गर्नेहरुको भीड लागेको छ ।

चैत्र शुक्ल अष्टमी (मंगलवार) बाट शुरु भएको रथजात्राको रथ तानेर मंगलवार नै असन पुर्‍याइएको थियो । तीनधारा पाठशालाबाट शुरु भएको रथ जात्रालाई मंगलवार जमलबाट तानेर असन पुर्‍याइएको थियो ।

ADVERTISEMENT

आज (बुधवार) रथलाई तानेर असन, बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हूँदै हनुमान ढोका पुर्‍याइनेछ । चैत ६ गते सो रथलाई हनुमानढोका दरबार परिसर, मरु टोल, चिकँमुगल, जैसीदेवल ज्याबहाल हुँदै लगन चोक पुर्‍याइन्छ ।

मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने चलन छ । पानी, सहकाल र दीर्घजीवनको कामना गर्दै यो रथजात्रा निकाल्ने गरिन्छ । सेतो मच्छिन्द्रनाथलाई करुणाको खानी रुपमा पनि लिइन्छ । मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा शुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?