बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले नौ महिनाको अवधिमा २ सय १६ जना अभियुक्तलाई पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक नारायण डाँगीले चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा विभिन्न मुद्धामा १ सय २१ वर्ष कैद सजाय सुनुवाई भएका २ सय १६ जना पक्राउ गरिएको बताउनु भयो ।
पक्राउ परेकाहरुबाट २३ लाख ४७ हजार ७ सय ७८ रुपैया जरिवाना वापत राजस्व संकलन भएको समेत डाँगीले बताउनु भयो ।







