काठमाडौं । शिक्षा मन्त्रालयले ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन २०७४’ ले कारबाही सिफारिस गरेकाहरू माथि अनुसन्धान गर्न अख्तियारलाई पत्र पठाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आवश्यक कारबाही प्रक्रिया अघि बढाउन अख्तियारलाई पत्र पठाउने निर्णय गर्नुभएको हो । त्यस्तै, अन्य निकायलाई समेत कारबाहीको लागि पठाउने र उक्त प्रतिवेदनको जानकारी एवं आवश्यक अनुसन्धानका लागि अख्तियारमा पठाउने मन्त्रीस्तरीय निर्णय भएको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले त्रिभुवन विश्वविद्यालयका पूर्व-उपकुलपति तीर्थ खनियाँ, हिराबहादुर महर्जनसहित ४३ जनामाथि कारबाही सिफारिस गरेको थियो । २०७४ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको प्रतिवेदन ६ वर्षपछि गत चैत्र २८ गते सार्वजनिक गरिएको थियो ।
आयोगले कारबाही सिफारिस गरेकामा तीर्थराज खनियाँ, तत्कालिन उपकुलपति, सुधा त्रिपाठी, तत्कालीन रेक्टर, डिल्ली उप्रेती तत्कालीन रजिष्ट्रार, लोकमान सिंह कार्की, हिराबहादुर महर्जन, पूर्व–उपकुलपति, डा. नीलमणि उपाध्याय, पूर्व-रजिष्ट्रार मेडिकल काउन्सिल, डा. प्रकाशराज न्यौपाने, पूर्वप्रमुख-भक्तपुर क्यान्सर अस्पताल, डा चीनबहादुर (सिबी) पुन, पूर्व-कार्यकारी निर्देशक- बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, डा. बिपी दास (बलभद्र दास), पूर्व-उपकुलपति-बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, डा. दामोदरप्रसाद गजुरेल, पूर्वअध्यक्ष- नेपाल मेडिकल काउन्सिल रहेका छन् ।
त्यस्तै प्रा. भरत झा, प्राडा. गोविन्दप्रसाद शर्मा, प्राडा. त्रिलोकपति थापा, प्राडा. केबी राउत, डा. मनोहरप्रसाद गुप्ता, चन्द्रलाल श्रेष्ठ, हिरेन्द्रमान अमात्य, डा. सि.डी. चावला, प्रा. श्यामसुन्दर मल्ल, प्राडा. पन्ना थापा, प्राडा. रमेशप्रसाद सिंह, डा. जगदीश चटौत, प्रद्युम्न श्रेष्ठ, डा. रमेश कुमार अधिकारी, डा. रोहित श्रेष्ठ, डा. ओजस्वी नेपाल, प्राडा. करवीरनाथ योगी, प्राडा. ज्योति शर्मा, प्राडा. केशवप्रसाद सिंह, प्राडा. प्रमोदकुमार श्रेष्ठ, प्राडा. परशुराम मिश्र, प्राडा. रामप्रसाद उप्रेती, प्रल्हाद पन्त, त्रिवि, डा. अनिल झा, डा. शशी शर्मा, डा. सरोज श्रेष्ठ, ताराप्रसाद सापकोटा, डिन, कानुन संकाय-त्रिवि, रामप्रसाद खतिवडा, डिन, विज्ञान संकाय– त्रिवि. राजेन्द्र पौडेल, त्रिवि कार्यकारी परिषद् सदस्य, हरि पराजुली, डा. रामकण्ठ माकाजु, उपकुलपति- काठमाडौं विश्वविद्यालय र डा. अंकुर साह, सदस्य, नेपाल मेडिकल काउन्सिल रहेका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements