काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्सबाट तीन महिनाभित्रै तीन अभिकर्ता एमडिआरटी-२०२५ बन्न सफल भएका छन् । कम्पनीका विभिन्न शाखामा आबद्ध रही कार्य गर्ने अभिकर्ता शशिकला तामाङ, नेत्रबहादुर राउत र विमल न्यौपाने तीन महिनाभित्रै अभिकर्ताको सर्वोच्च संस्था मिलियन डलर राउण्ड टेबल २०२५ मा छनोट हुन सफल भएका हुन् । एमडिआरटी-२०२५ को लक्ष्य पूरा गर्न सफल अभिकर्तालाई कम्पनीले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
एमडिआरटी-२०२५ को लक्ष्य पूरा गर्ने अभिकर्ताले आगामी नौ महिनाभित्र सिओटी (कोर्ट अफ द टेवल) र टिओटी (टप अफ द टेवल) को लक्ष्यसमेत पूरा गर्ने गरी बिमा व्यवसाय अघि बढाउने जनाएका छन् । एमडिआरटीमा तोकिएको प्रिमियमको तीन गुणा प्रिमियममा सिओटी र छ गुणा प्रिमियममा टिओटी छनोट हुने प्रावधान रहेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता