किभ । एक ब्राजिलियन मोडल तथा स्नाइपरको रुसी मिसाइल आक्रमणमा मृत्यु भएको छ । रुसी सेनाविरुद्धको लडाइँमा सहभागी भएको तीन हप्तापछि युक्रेनमा रुसी मिसाइल आक्रमणमा उहाँ मारिनुभएको हो । ३९ वर्षीय थालितो डो भालेको गतसाता उत्तरपूर्वी शहर खार्किभमा रुसी मिसाइलले बंकरमा प्रहार गरेपछि मृत्यु भएको थियो । खार्किभमा रुसले तीव्र मिसाइल प्रहार गरेको थियो ।
आक्रमणमा ब्राजिलका पूर्वसेनाको डगलस बुरिगोको पनि मृत्यु भएको छ । ४० वर्षीय बुरिगो थालितालाई खोज्न बंकरमा जाने क्रममा मिसाइल हमलामा पर्नुभएको थियो । अन्य लडाकुहरूका अनुसार मिसाइल प्रहार हुँदा उहाँमात्रै बंकरमा छुट्नुभएको थियो ।
आइएसआइएससँग लडेको युद्धको अनुभूवसहितको एउटा भिडियो उहाँले युट्युब राख्नुभएको थियो । मोडेल र अभिनेत्री थालितोले कानुनको विद्यार्थी रहनुभएको थियो भने एनजीओहरूसँग पशु उद्धारमा पनि भाग लिनुभएको थियो । एजेन्सी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts