त्रिपोली । लिबियाको समुद्री तटमा भएका डुंगा दुर्घटनामा मालीका कम्तीमा २२ जना आप्रवासी मृत्यु भइसकेको छ । सो दुर्घटनामा मृत्यु भएका व्यक्तिमा तीनजना बालबालिका समेत रहेको जनाइएको छ । उनीहरूको गत जुनको २२ तारिखदेखि पछिल्लो समयसम्ममा भएका दुर्घटनामा परेर मृत्यु भएको हो ।
मालीका आप्रवासीहरू लिबियाबाट फिर्ता गर्ने क्रममा उनीहरूको निधन भएको हो । केही महिनायतादेखि आप्रवासीसम्बन्धी राष्ट्रसंघीय निकायको सहयोगमा लिबियामा रहेका मालीका नागरिकहरूलाई स्वदेश फर्काउन थालिएको छ ।
उद्धार गरी मालीका नागरिकलाई स्वदेश पठाउने क्रममा उनीहरू र अन्य देशका पनि कतिपय नागरिकको दुर्घटनामा परेर ज्यान जाने गरेको बताइएको छ । यही समुद्री तटमा भएका उद्धारका कार्यमा कम्तीमा पनि ६१ जनाको भने सकुशल उद्धार भएका छन् । रासस÷सिन्हृवा ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts