सर्लाही । सर्लाहीको मलंगवा वितरण केन्द्र अन्तर्गतका विभिन्न क्षेत्रमा आजदेखि पर्सी २९ गतेसम्मका लागि दिनभर बत्ती काट्न सुरु गरिएको छ । वितरण केन्द्रले सूचना जारी गरी ११ केभी लाइन निर्माणको कार्य गर्नुपर्ने भएकाले बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म बत्ती काट्न सुरु गरिएको जनाएको हो ।
मलंगवादेखि पूर्वका भागहरु पर्सा, हरिपूर्वा, संग्रामपुर, कविलासी, साहपुर, डुमरिया, जिंगडवा, भेल्ही, ब्रम्हपुरी, नोकेल्वा, त्रिभुवननगर, चन्द्रनगर क्षेत्रमा ३ दिन ९ घण्टा बत्ती नआउने भएको छ । चर्को घाममा घण्टौं बत्ती काटिँदा स्थानीय भने मारमा परेका छन् । सर्लाहीमा त्यसैपनि केही दिनदेखि बत्ती अनियमित बनिरहेको छ ।
साँझपख जिल्लाभर नै बत्ती झ्याप्झ्याप्प जाने समस्या छ । अझ मलंगवा वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा बढी नै समस्या रहेको गुनासो स्थानीयले गरेका छन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता