काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाईलाई नियुक्त गरेको छ । बिमा क्षेत्रमा करिब १८ वर्ष काम गर्नुभएका चौलागाई कम्पनीको चिफ मार्केटिङ अफिसरमा नियुक्त हुनुभएको हो ।
यसअघि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख व्यापार अधिकृत रहनुभएका चौलागाई व्यवस्थापन संकायमा स्नातकोत्तर हुनुहुन्छ । कम्पनीका अनुसार उहाँले सानिमा लाइफ इन्स्योरेन्समा पुनर्बिमा विभाग, अनुसन्धान तथा विकास विभाग, बजार व्यवस्थापन विभाग र प्राइम लाइफ इन्स्योरेन्सको प्रदेश प्रमुख, शाखा प्रमुख भएर काम गरिसक्नुभएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts