नेपाल मुसलमान र अंग्रेजको आक्रमणबाट सुरक्षित रहेर आफ्नो अस्तित्व जोगाउन सफल भयो तर इण्डिया र पश्चिमाका दासहरूको आक्रमणबाट सुरक्षित रहन सकेको छैन । मुसलमान र पश्चिमा आक्रमणकारीलाई त नेपाली जनताले पराजित गरेर देशबाट लखेट्न सके र नेपाली आवरणमा रहेका यी विदेशीका भक्त आक्रमणकारीहरूलाई देशबाट लखेट्न त टाढैको कुरा बरू उनीहरूलाई शक्तिशाली बनाउन प्रयत्नरत रहेको स्थिति छ । यहाँ चन्द्रशेखर र गजराज मिश्रहरू चारैतिर विभिन्न आवरणमा छ्यापछ्याप्ति छन् । कतै धर्मको आवरणमा, कतै अधिकारवादीको आवरणमा, कतै बुद्धिजीवीको आवरणमा, कतै लेखक, साहित्यकार र विज्ञको आवरणमा त सबैभन्दा माथि राजनीतिक आवरणमा । मीरजाफर र क्वीजलिङहरूको यहाँ राज्य छ । एमसिसी सम्झौतालाई हर्षोल्लासका साथ पारित गरिएको ।
पुष्पकमल दाहालले कांग्रेसलाई हटाएर एमालेसँग संयुक्त सरकार बनाएपछि यसलाई भंग गरेर पुनः कांग्रेस सम्मिलित सरकार बनाउने चलखेल सुरु भएको छ । एस.डी.मुनिको नेपाल आगमन भयो । उनले आरजु राणासँग पनि भेटघाट गरे । त्यसपछि दुई पटक मध्यरातमा देउवाको बालुवाटार प्रवेश र दाहालसँगको गोप्य छलफल (पञ्चायत कालमा छल गरेर फल निकाल्नुलाई पञ्चायत विरोधीहरूले छलफल भन्ने गर्दथे ।) ले पनि सरकारमाथि आइपर्ने आसन्न संकटको संकेत दिन्छ । सन् २०१७ मा चीनसँग सम्झौता भएको बिआरआई अमेरिका र इण्डियाको दबाबमा कार्यान्वयन गर्न डराएका यहाँका राजनीतिक दलहरूले अहिलेसम्म यस सम्झौतालाई कार्यान्वयन गराउन सकिरहेका छैनन् ।
नेपालका नेताहरूले असंलग्न परराष्ट्र नीति तथा कूटनीति सिक्न लाज लागे भगवान रामसँग सिक्ने कि ? भगवान रामलाई सरल, करुणावत्सल, मर्यादा रक्षक र पुरुषोत्तम व्यक्तित्वको रूपमा देखिन्छ, जो सदैव सामाजिक र राजनीतिक मर्यादाहरूको रक्षा गर्दथे ।
यस नयाँ गठबन्धनको सरकार बनेपछि बिआरआई सम्झौता लागू हुने अवस्था देखिएको छ । तर, यसलाई कार्यान्वयनमा आउन नदिन अमेरिका र इण्डिया आफ्नो भएभरिको ताकत लगाइरहेका छन् । विदेशीका फण्डिङ बुद्धिजीवी र राजनीतिक कर्मीहरू बिआरआईलाई स्वीकार गर्नु भनेको चीनको ऋणको पासोमा फस्नु हो भनेर प्रचार गरिरहेका छन् । जबकि नेपालको विदेशी ऋणको चौरासी प्रतिशत विश्वबैंक र एशियायी विकास बैंकको छ, त्यसमा पनि सबैभन्दा बढी सत्तरी प्रतिशत विश्व बैंकको छ । अहिले प्रत्येक नेपालीको टाउकोमा ७६ हजारभन्दा बढी वैदेशिक ऋणभार छ । विश्वबैंकहरूले विनास्वार्थ ऋण दिँदैनन् । उनीहरूले दिने ऋणमा सम्बन्धित मुलुकहरूको राज्यव्यवस्थामा पूर्णहस्तक्षेपको अधिकार लिने गर्छन् ।
उनीहरूको आदेश र हस्तक्षेपलाई नस्वीकारे ऋणमात्र नदिने होइन आर्थिक नाकाबन्दी पनि लगाउने गर्छन् । युगाण्डाले विश्वबैंकको समलिंगी विवाहको कानुन बनाउने आदेश नमानेपछि उसमाथि आर्थिक नाकाबन्दी लगाउने घोषणा ग¥यो, नाइजेरियामा त्यस्तै गर्छ । जजसले उसको आदेशको पालना गर्दैनन् उनीहरूलाई ऋण दिने त टाढाको कुरा आर्थिक नाकाबन्दी भोग्न बाध्य पार्छ । विश्वबैंकलगायत वित्तीय संस्थाहरूले दिने ऋण र अनुदानमा सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको छ । नेपाल आज केन्द्रदेखि गाउँ, नगरपालिका र कार्यालयहरूमा भ्रष्टाचारले माकुरोको जालोजस्तै जालो लगाएर बसेको छ । भ्रष्टाचारले देश आक्रान्त छ, जनता यसब मुक्ति पाउन चाहन्छन् । कहिलेकहिँ साना भ्रष्टचारीलाई गाउँघरमा कालोमोसो पोतेर कारबाही पनि गर्ने गर्छन् तर यसको असर ठूला भ्रष्टचारीहरूलाई पर्दैन ।
विश्वकैंकमा कसको सबैभन्दा बढी लगानी र वर्चस्व छ सबैलाई थाहा छ र एमसिसी सम्झौता जस्तो नेपालको कानुन नमान्ने आदि कठोर प्रावधान बिआरआईमा छैन । विकासको अलावा भौगोलिक तथा राजनीतिक सन्तुलनका लागि पनि बिआरआई सम्झौता नेपालका लागि अपरिहार्य छ । नेपालका राजनीतिक दलहरूको स्वतन्त्र अस्तित्व छैन । उनीहरूले स्वतन्त्ररूपमा कुनै निर्णय गर्न पाउँदैनन् किनकि उनीहरू कुनै न कुनै विदेशी शक्ति र सम्प्रदायको संस्थाहरूसँग सम्बन्धित छन् । माओवादी युरो अमेरिकन प्रभाव र उनीहरूकै आदेशमा इण्डियाबाट संरक्षित दल हो ।
उसको उद्देश्य संघीयता, जातजातिको नाममा नेपालको विखण्डन, यहाँको मौलिकता र मौलिक सनातन धर्मको विनाश हो । सिआइएबाट फण्डिङ एनजिओहरूको मालिक एमाले कोरियन चर्चबाट होलीवाइन खाएका पाष्टरहरूको दल हो, रअका पूर्वअधिकृत आर.के.यादवको भनाइ अनुसार ओली उनीहरूको मानिस हुन् । राष्ट्रिय, स्वतन्त्र पार्टी, जनमत पार्टी अमेरिकी फण्डिङका दलहरू हुन्, मधेसवादी पार्टी इण्डियाले जन्माएको हो । यहाँ राजनीतिक दलहरू हेर्दा नेपाली भावना बोकेका दलहरू भेट्न गाह्रो छ ।
इण्डिया ठाडो राजनीतिक हस्तक्षेपको अलावा नेपालको मौलिक सनातन धर्म, संस्कृति र यहाँको मौलिकता मास्न विभिन्न खेल खेलिरहेको छ । मुख्य भूमिका उसको मिडिया र धर्मगुरुहरूले निर्वाह गरिरहेका छन्, सँगसँगै राष्ट्रिय स्वयं सेवक संघले यसको शाखा हिन्दु स्वयं सेवक संघ यहाँ स्थापना गरेर हाम्रो मौलिकतामाथि प्रहारमात्र गरिरहेको छैन अपितु राजनीतिक प्रभाव पारिरहेको छ । धार्मिक आवरणमा गायत्री, रामपाल, ओम शान्ति, राधे राधे, सद्गुरु, प्रणामी, साई बाबा, ओशो, अमेरिकन संस्था इस्कोन आदि इत्यादि जति विदेशी धार्मिक पसल छन् सबको उद्देश्य घुमाउरो पाराले क्रिस्चियन सम्प्रदायलाई नेपालमा बलियो बनाउने हो ।
नेपालका कथित केही धर्मगुरुहरू पनि इण्डियाबाट परिचालित छन् । धर्मको आवरणमा यसरी इण्डिया र अमेरिका हाम्रो मौलिकतालाई नष्ट पार्न लागिपरेका छन् । तर, बहुसंख्यक नेपाली जानी/नजानी उनीहरूका पछि लागेको देख्दा अदृश्य रूपमा ती नेपालीहरू हाम्रो सनातन धर्म र संस्कृति तथा मौलिकताविरुद्ध प्रयोग भएका छन् ।
नेपालका नेताहरूले असंलग्न परराष्ट्र नीति तथा कूटनीति सिक्न लाज लागे भगवान रामसँग सिक्ने कि ? जनमानसमा भगवान रामलाई सरल, करुणावत्सल, मर्यादा रक्षक र पुरुषोत्तम व्यक्तित्वको रूपमा देखिन्छ, जो सदैव सामाजिक र राजनीतिक मर्यादाहरूको रक्षा गर्दथे । जबकि भगवान श्रीकृष्णलाई एउटा चतुर, कूटनीतिज्ञ र लीलाधारीको रूपमा देखिन्छ, जो धर्म स्थापनाका लागि साध्य, साधन, औचित्य आदि कुनै मर्यादालाई मान्न तयार थिएनन् । यही कारणले उनलाई सोह्र कलाधारी भनिएको छ तर वास्तवमा भगवान राम पनि उत्तिकै कूटनीतिज्ञ तथा राजधर्म मर्मज्ञ थिए जति श्रीकृष्ण थिए ।
रामको सरल छविको मुनि उनको धुर राजनीतिज्ञ रूप छोपियो तर श्रीकृष्णको चपल छविका कारण उनको कूटनीतिज्ञ रूप जनमानसमा व्याप्त भयो । जबकि राम र कृष्णको कूटनीतिक र रणनीतिक कार्यशैली मिल्दोजुल्दो थियो, जसका चार प्रमुख सिद्धान्त थिए–आफ्नो पक्षमा सुदृढ संगठन तथा नैतिक बल उत्पन्न गर्नु, युद्धपूर्व विरोधी पक्षमा समर्थक उत्पन्न गर्नु, सैन्य प्रयोगका लागि उचित समयको प्रतीक्षा गर्नु र कमभन्दा कम प्रयत्नमा बढीभन्दा बढी फल लिनु । प्रारम्भदेखि नै रामका अभियानहरूमा उपरोक्त सिद्धान्तहरूको प्रभाव स्पष्ट देखिन्छ ।
मेघनादको वधपछि रावणले विभीषणलाई पुनः आफ्नो बनाउने सम्भावना समाप्त भएर गएको थियो । विभीषणलाई लंकाको राजा र अंगदको युवराज्यभिषेक तथा दूतकर्मपश्चात् उनी वनवासबाट फर्किएपछि हनुमानलाई अयोध्या र भरतको मनस्थिति बुझ्न अग्रिम दूतको रूपमा पठाउनु रामको राजोचित सतर्कता थियो ।
उनको जीवनको प्रथम अभियान थियो, विश्वामित्रको आश्रम नजिकै रावणको सैनिक स्कन्धावारको विरुद्धको नेतृ थिई यक्षिणी ताडका । नरमांस भक्षण, नारी अपहरण, लूट र शोषणविरुद्ध विश्वामित्रको नेतृत्वमा जनआक्रोश पहिलादेखि नै एकत्रित थियो र आवश्यकता थियो न्यायका लागि एउटा अधिकृत नेतृत्वको जो रामले उनलाई प्रदान गरे । ताडकासुर वधपछि यो समस्या निदान भयो । यसपछि निषादहरूसँग स्वतन्त्रता तथा समानताको सम्बन्ध स्थापित गरे । विशाल क्षेत्रमा फैलिएको यो जाति सदाका लागि रामप्रति निष्ठावान बन्यो । पिता दशरथद्वारा दक्षिणमा शंबरको नेतृत्वमा असुरहरूको विरुद्ध देव जातिको सैन्य अभियान गरेका थिए तर त्यो असफल भयो ।
रामले बुझे कि वन्य क्षेत्रमा राजकीय सैन्य अभियान गर्नु निरर्थक हो । त्यसैले चित्रकुट र दण्डकारण्यमा रामले वन्य जातिहरू जस्तै शंबर, भील, कोल, आदिहरूको बीचमा उनीहरू जस्तै जीवन निर्वाह गरेर यी जातिहरूको संगठन निर्माण गरे । उनीहरूमा जीवन सुधार तथा सैन्य प्रशिक्षणद्वारा नैतिकता तथा आत्मविश्वासको सञ्चार गरे । शूर्पणखा प्रसंगद्वारा आफ्ना समर्थकहरूमा आफ्नो चरित्रप्रति अगाध विश्वास उत्पन्न गरे ।
सम्यक रणनीतिद्वारा खरदूषणलाई आफ्नो अनुकूल भूगोलमा युद्ध गर्न उचाले र दण्डक वनमा रावणको सैन्य उपस्थितिलाई समूल उखेले । वानरहरूको सन्दर्भमा पनि यही भयो । रामले दुर्बल तथा पीडित सुग्रीवको पक्ष लिए । जसकारण उनलाई स्वतः नै सुग्रीवप्रति सहानुभूति राख्ने वानर जनताको समर्थन प्राप्त भयो । जसले गर्दा द्वन्द्व युद्ध नियमहरूको विपरीत हस्तक्षेप गरी बालिको वध गर्दा पनि वानर जातिले उनलाई आफ्नो मुक्तिदाता माने । बालिपछि रामले राक्षसहरूको शोषणको विरुद्ध वानर जातिको आक्रोशलाई उजागर गरे र सीता अनसुन्धानको नाममा विभिन्न जानकारी एकत्रित गरे ।
यसको कारण थियो रामको नेतृत्वप्रति असाधरणरूपले निष्ठावान सेना तथा हनुमान, जाम्बवान, नल, नील र सुहोत्रजस्ता सेनापतिहरूको अगाध श्रद्धा । केवल अंगदको निष्ठामाथि उनलाई थोरै शंका थियो । जसलाई रावणको दरबारमा उनलाई दूत बनाएर पठाएर जाँच गरे । लंकामा विभीषणको विद्रोह र पलायन तथा उनलाई लंकापतिको मान्यता दिएर उनले न केवल रावणको कमजोरीहरूको जानकारी लिए अपितु सन्धि प्रस्ताव पठाएर आफू तथा रावण दुबै पक्षमा आफ्नो नैतिक बललाई बलियो बनाए । यसपछि मात्र उनले युद्ध गरे ।
युद्धका बीच पनि उनले सतर्कता बनाइराखे । विभीषणलाई सुरक्षाको नैतिक उत्तरदायित्वको निहुँ बनाएर सदैव केन्द्रमा आफ्नो नजिक राखे । उनलाई विभीषणमाथि पूर्णविश्वास थिएन, नजाने कुन बेला दाइप्रति मोह जागेर आउन सक्छ । तर, जब विभीषणको सहायताले मेघनादको वध भयो तब उनले विभीषणलाई रावणसँग लड्न छुट दिए । किनकि मेघनादको वधपछि रावणले विभीषणलाई पुनः आफ्नो बनाउने सम्भावना समाप्त भएर गएको थियो । विभीषणलाई लंकाको राजा र अंगदको युवराज्यभिषेक तथा दूतकर्मपश्चात् उनी वनवासबाट फर्किएपछि हनुमानलाई अयोध्या र भरतको मनस्थिति बुझ्न अग्रिम दूतको रूपमा पठाउनु रामको राजोचित सतर्कता थियो ।
लंकामा विभीषण र अयोध्याको दक्षिणमा सुग्रीवले रामको मैत्रीपूर्ण अधीनता स्वीकार गरेपछि विभीषणको गोप्य अनुरोधमा आफूले बनाएको रामसेतु बीचबाट भंग गरिदिए । ताकि विभीषण र वानरबीच शक्ति सन्तुलन बनी रहोस् र वानरहरूले लंकामा फेरि आक्रमण गर्न नसकून् । एउटा धोबीको कुरा सुनेर गर्भवती सीतालाई वनवास पठाउएपछि आफू परिवार मोहबाट मुक्त रहनु थियो । किनकि राजा वा शासक कहिल्यै पनि परिवार मोहमा फस्नु हुँदैन भन्ने सन्देश हो यो । रामको जस्तो कूटनीति अपनाउन सक्ने क्षमता हाम्रा नेताहरूले विकास गर्लान् कि अब पनि विदेशीको गुलामीको मुकुट लगाइरहलान् ?







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता