काठमाडौं । व्यस्त जीवनशैली गलत आहार–विहार दिनचर्याले हाम्रो रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आइरहेको छ ।
इम्युनिटी पावर अर्थात् रोग प्रतिरोधात्मक क्षमता, जसले शरीरमा विभिन्न रोग लाग्नबाट बचाउँछ। रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिमा अन्य व्यक्तिलाई भन्दा छिटो विभिन्न संक्रमणदेखि गम्भीर खालका रोग लाग्ने चिकित्सक बताउँछन्।
हामीले तनावरहित, शोकरहित खुशी जीवन खोजेका छौं । तर, हामीले पाउन सकिरहेका छैनौं । जीवनलाई खुशी कसरी बनाउने ? स्वस्थ जीवनशैली किन अपनाउन जरुरी छ । अहिलेको भागदौड व्यस्तताले यसबारे सोच्न फुर्सद पाएका छैनौं । व्यहारमा उतार्न सकेको छैनाैँ । मानसिक स्वास्थ्य उत्तिकै जरुरी छ । मानसिकरूपमा तनावग्रस्त जीवन अपनाउन बाध्य छन् ।
योग र व्यायाम शरीरको लागि हो भने मनको लागि ध्यानको अभ्यास गर्न सकिन्छ । धूमपान, मध्यपान नगर्ने नकारात्मकताको पछाडि न हिँड्ने । धेरै तनाव नलिने । अहिले त झन कोरोनाकालदेखि यता मानिसभित्र डर, त्रास बढेर आत्तिने मानसिक तनाव थपिएको छ । मानिसभित्र डर पसेको छ । मानिसहरु अशान्त बनेका छन् । जसकारण विभिन्न मानसिक पीडाहरु बढेको छ । मनलाई शान्त बनाउन जरुरी छ । जस अन्तर्गत स्वस्थ जीवनशैलीका लागि मानसिक स्वास्थ्यको यो पनि आधार हुन् ।
रोग प्रतिरोधात्मक क्षमता बढाउने महत्वपूर्ण खाद्यवस्तु
शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सन्तुलित, पोषिलो र सुपाच्य खानेकुरा खानुपर्छ । दिनभरको खानामा सकेसम्म सबै किसिमको पोषक तत्व सामेल गरौं । हरियो र ताजा खानेकुरालाई प्राथमिकता दिनुपर्छ । अंकुरित अन्न, ड्राइ फ्रुट्स, फलफूल, सलाद, जुसको नियमित सेवन गरौ ।
शरीरलाई तरल पदार्थको आवश्यक हुन्छ । जति ठोस पदार्थ सेवन गर्छौं, त्यो भन्दा तीन गुणा बढी तरल पदार्थ सेवन गर्नुपर्छ ।
तरल पदार्थमा सादा पानी सही हुन्छ । दिनभरमा कम्तीमा दुई वा तीन लिटर पानी पिउनुपर्छ । त्यसका साथै जुस, सुप पिउनुपर्छ । कतिपय फलफूलमा पनि पानीको मात्रा अत्याधिक हुन्छ ।
मोटामोटी रूपमा ती पोषक तत्वलाई कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, खनिज पदार्थ र भिटामिन गरी पाँच समूहमा राख्न सकिन्छ।
कार्बोहाइड्रेटले शरीरलाई चाहिने शक्ति प्रदान गर्छ। कार्बोहाइड्रेटसँग जोडिएर आउने अर्को खाद्य पदार्थ रेसा पनि हो। रेसाले पाचन प्रणालीलाई ठीक अवस्थामा राख्न मद्दत गर्छ। प्रोटिनले शरीरको वृद्धि र विकासका साथै मर्मत संहारको काम गर्छ।
चिल्लो पदार्थ शक्ति प्रदान गर्ने स्रोत हो, यसले शरीरमा भिटामिन सोस्न मद्दत गर्छ।
पोषक तत्व उपलब्ध हुन सक्ने केही मुख्य खाद्यवस्तु निम्न प्रकारका छन्।
भिटामिन–ए : पालुंगो लगायत गाढा हरियो सागपात, गाजर, फर्सी, सखरखण्ड, पहेँलो फलफूल (मेवा, आँप) आदि।
भिटामिन बी–६ : हरियो सागपात (बन्दा, पालुंगो, चमसुर, रायो आदि), केरा, तर्बुजा/खर्बुजा, गोलभेँडा, मूला, सलगम, कलेजो, माछा, दाल, गेडागुडी आदि।
भिटामिन–सीः ब्रोकाउली, भेडेखुर्सानी, पालुंगो, गोलभेडा, क्याले, अमिला फलफूलहरू जस्तै सुन्तला, मौसम, जुनार, कागती, भुइँकाफल, किबी, भोगटे, अमला, अम्बा आदि।
भिटामिन–ईः पालुंगो, स्विसचार्ड, सलगमको साग, ब्रोकाउली, सूर्यमुखी, फर्सी र जुकिनीको बियाँ, कागजी बदाम, एभोकाडो, रेन्बो ट्राउट माछा, झिँगेमाछा,
सखरखण्ड, फर्सी, किबी आदि।
भिटामिन बी–९ (फोलिक एसिड): ब्रोकाउली, भिन्डी, सिमी, केराउ, मुसुरो, सागपात, चुकन्दर, मेवा, केरा, अन्डा, चीज, दूध, माछा, कलेजो, रातो मासु आदि।
फलामः कोदो, च्याउ, पालुंगो, कर्कलो, चुकन्दर, स्विस चार्ड, पाकचोय, सलगम, हरियो सिमी, केराउ, मुङ, कुरिलो, किम्बु काफल, नरिवल, खुर्पानी आदि।
- पत्रपत्रिकाको सहयोगमा







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts