बेलायतमा कार्यरत पत्रकार नेपालको लागि प्रेरणाको स्रोत हुन् : सञ्चारमन्त्री कार्की

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

लण्डन । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बेलायतमा कार्यरत नेपाली पत्रकारले सिकेको सिप र ज्ञान नेपालको पत्रकारिता क्षेत्रमा समेत प्रेरणा हुनसक्ने बताउनुभएको छ । मन्त्री कार्कीले नेपाल पत्रकार महासंघ यूकेको १०औँ स्थापना दिवसको अवसरमा शुभकामना दिने क्रममा यस्तो बताउनुभएको हो ।

उहाँले बेलायतमा बसेर नेपाली समुदायका गतिविधिलाई आमसञ्चारका माध्यमबाट मातृभूमिसँग जोड्ने पुलको रुपमा पत्रकारले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

ADVERTISEMENT

विदेशमा व्यस्त समयको समेत परवाह नगरी नेपाली भाषा, संस्कृति र सभ्यतालाई पत्रकारितामार्फत विश्वसमुदाय समक्ष जीवन्त राख्ने योगदान सकारात्मक भएको उहाँले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ यूकेले आफ्नो १०औं वार्षिकोत्सव आइतबर लण्डनमा आयोजना गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज