दोलखा । दोलखा जिल्लाको उत्तरी भेगमा पर्ने कालिञ्चोक गाउँपालिकाको सिंगटीमा सम्पन्न मोतिविन्दु शल्य क्रिया शिविरमा ६३ जनाको अप्रेसन गरिएको छ । चैत्र २१ र २२ गते कालिञ्चोक गाउँपालिका वडा नम्बर चारको सिँगटी अस्पतालमा विभिन्न वडाहरुमा सञ्चालित शिविरमा शल्यकृया गर्न छनोट भएका स्थानीयहरुको मोतिया विन्दुको अप्रेसन गरिएको गरिएको हो ।
चैत्र १७ गते देखि शुरु भएको शिविरमा गाउँपालिकाका विभिन्न वडाहरुमा गई आँखा जाँच गरी तत्काल अप्रेशन गर्नु पर्ने देखिएका ६३ जना विरामीहरुको अप्रेसन गरिएको कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ स्थित सिँगटी प्राथमिक अस्पतालका सिनियर अहेव ईश्वर कुमार खड्काले जानकारी दिनुभयो ।
चैत्र १७ देखि २० गते सम्म गाउँपालिकाका विभिन्न वडाहरुमा आँखा जाँच गरिएको तथा सो जाँचबाट मोतिविन्दु भएका १०६ जना विरामी पहिचान गरिएको मा तत्काल अप्रेसन गरिहाल्नु पर्ने ६३ जनाको सिंगटी प्राथमिक अस्पत्तालमा बोलाई अप्रेसन गरिएको उहाँको भनाई छ । अप्रेसन गर्नु पर्ने अन्य विरामीहरुको निकट भविष्यमा आयोजना गरिने आँखा शिविरमा अप्रेसन गरिने कालिञ्चोक गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
कालिञ्चोक गाउँपालिकाको आयोजना तथा नेपाल नेत्रज्योति संघ किर्तिपुर र रेड्ली आई फाउन्डेशन नेपालको प्राविधिक सहयोगमा सम्पन्न आँखा शिविरमा कुल ५९९ जना स्थानीयले आँखा परीक्षण गराएका थिए । आँखा शिविर सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न जान नसक्नेहरुलाई लक्ष्य गरी सञ्चालन गरिएको कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीले जानकारी दिनुभयो ।
शिविर सञ्चालनमा प्राविधिक सहयोग उपलब्ध गराउने नेत्रज्योति संघ त्रिपुरेश्वर तथा रेड्ली फाउन्डेशनलाई विहिवार शिविर स्थलमा आयोजित कार्यक्रममा उहाँले धन्यवाद ज्ञापन गर्नु भयो । सोही कार्यक्रममा रेड्ली आइ फाउन्डेशन युकेका सीइओ अलिस्टार उडले ग्रामिण क्षेत्रमा आँखा शिविर सञ्चालनमा आफूहरुले सहयोग गरिरहेको तथा भविष्यमा पनि यस्तो सहयोग जारी रहने उक्त अवसरमा बताउनु भयो ।
आफ्नै ठाउँमा आँखा शिविर आएर अप्रेसन गरिदिएकोले आफूले गुम्न लागेको आँखाको दृष्टी पुनः पाएकोमा कालिञ्चोक गाउँपालिका लापिलाङका ८५ वर्षिय दत्ते थामीले खुशि ब्यक्त गर्नु भयो । यस्तै शिविर विपन्नहरुका लागि बरदान नै सावित भएको वडा नम्बर चार हिलेपानीका जगत बहादुर कार्कीको भनाई छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts