कृषिमा आधुनिकीकरण गर्नेगरी कृषि नीति बनाइरहेका छौँ : मन्त्री साह

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाइल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडाैं । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषिमा आधुनिकीकरण गर्नेगरी सरकारले कृषि नीति बनाइरहेको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित मकै सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा मकै धानपछिको दोस्रो धेरै उत्पादन हुने बालीको रुपमा रहेको बताउनु भयो । उहाँले मकैलाई प्रोत्साहन हुनेगरी र वास्तविक किसानहरुलाई पहिचान दिने, उत्साहित गराउने र सहानुभुति दिनेगरी कृषिमा आधुनिकीकरण गर्ने योजना सरकारको रहेको बताउनु भयो ।

उहाँले नेपालमा मकैको उत्पादन डरलाग्दो रुपमा घटिरहेको जिकिर गर्नुभयो । उहाँले सरकारले बनाइरहेको कृषि नीतिमा कृषि बालीहरुलाई प्रोत्साहन दिनेगरी कार्यक्रमहरु ल्याउने र मकैलाई बढावा दिनेगरी नीति निर्माण गरिरहेको बताउनु भयो । उहाँले नेपाललाई मकैमा आत्मनिर्भर बनाउने गरी कार्यक्रम अघि बढाइने बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘नेपालमा मकै धानपछिको दोस्रो धेरै उत्पादन हुने बालीको रुपमा पर्छ । मकैलाई प्रोत्साहन हुनेगरी, अझ किसानहरुलाई जो वास्तविक किसानहरुलाई पहिचान दिनेगरी, उत्साहित गराउने गरी, सहानुभुति दिनेगरी कम्तिमा कृषिमा आधुनिकीकरण गर्नेगरी हामीले लैजान सक्यो भने किसानमा मात्र नभइ आम जनतामा जो जति बसेका छन् आफ्नोआफ्नो सेक्टरमा बसेर काम गरिरहनुभएको छ, सबैलाई उत्साह दिनेछ । मकैको बारेमा मैले ब्रिफिङ लिएँ, स्थिति एकदम भयानक अवस्थामा दुर्घटना हुने अवस्थामा छ । अहिले हामी कृषि नीति बनाएको पनि अवस्था छ । जसको नेतृत्व मैले आफैँ गरिरहेको छु । जहाँ २०१५ देखि २०३५ सम्मको कृषि नीति । कृषि नीतिले यस्तो खालको उद्देश्य बोकेको छ, त्यो उद्देश्य यो मकैलाई कृषिमा जतिपनि बालीहरु हुन्छ, कम्तिमा प्रोत्साहन दिनेगरी कार्यक्रमहरु ल्याउने र यो मकैलाई बढावा दिनेगरी जहाँ नेपालमा जतिपनि खालि जग्गाहरु छ, स्थनीय सरकार, प्रदेश सरकार, संघीय सरकारसँग तीन वटै सरकारसँग जो हामी तीन खम्बे नीतिमा अघि बढ्ने प्रयासमा छौँ । तीन खम्बे नीति जहाँसम्म लाग्छ, निजी, सरकारी, सहकारीको हिसावले भन्ने हो भने कडाईका साथ कोर्डिनेशन दरोका साथ हामीले हातमा हात मिलाएर जान सकेनौँ भने यो समस्या विकराल बन्ने स्थिति छ । त्यसैले अघि नै यो नीतिलाई जोडतोडका साथ अघि बढाउने गरी सम्मेलनबाट सुझाव लिएर अघि बढ्न जरुरी छ । मकैमा आत्मनिर्भर कसरी बनाउने नेपाललाई, त्यसका लागि के काम कारबाही अघि बढाउनुपर्छ ? त्यसमा हामीले जोड दिनुपर्छ ।’

मन्त्री साहले मकै अहिले ९ लाख ८५ हजार हेक्टरमा मकै उत्पादन भइरहेको बतउनु भयो । वास्तविक किसानलाई पहिचान गरी १२ वर्षको लागि सहुलियत ऋण दिने व्यवस्था गर्न आवश्यक रहेको बताउनु भयो । मकैको उत्पादन वृद्धि गरी बजारीकरण गर्न आवश्यक रहेको बताउनु भयो । मन्त्री साहले कृषि उत्पादनको बजारीकरणका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?