सबैखाले रोगको सैद्धान्तिक ज्ञान अनुकुलन बनाउन हृयाण्ड सर्जनहरुको जोड (भिडियाेसहित)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडौं । हातमा हुने सबैखाले रोगहरूको सैद्धान्तिक ज्ञान अनुकुलन बनाउन काठमाडौंमा हृयाण्ड सर्जनहरूको भेला शुरु भएको छ । शनिबार काठमाडौंमा नेपाल हृयाण्ड सर्जरी सोसाइटीको आयोजनामा हृयाण्ड सर्जनहरूको भेला शुरु भएको हो । नयाँ पुस्ताका हृयाण्ड सर्जनहरूलाई एक ठाउँमा ल्याउन र नेपालको अवस्था र उपचारका उपायहरूको बारेमा छलफल गर्न सम्मेलन गरेको डा. शिलु श्रेष्ठले बताउनु भयो ।

उहाँकाअनुसार हृयाण्ड सर्जरी सोसाइटीमा अर्थोपेडिक सर्जन, प्लास्टिक सर्जन, जेनेरल सर्जन वा जो कसैले पनि हृयाण्ड सर्जरीको बारेमा विशेष तालिम लिएको व्यक्ति हुन आवश्यक हुन्छ । उहाँले पातादेखि औंलासम्मको कुनैपनि अवस्थाको उपचार गर्नु नै हृयाण्ड सर्जरी भएको बताउनु भयो । उहाँले विभिन्न किसिमले दुर्घटनामा परी चोटपटक लागेर हातमा घाउ हुने, त्यसको उपचार गर्नुलाई हृयाण्ड सर्जरी विधा भनिने बताउनु भयो ।

नेपालमा विभिन्न दुर्घटनाहरूमा सबैभन्दा बढी हातमा चोटपटक लाग्ने र भएकाले यस सम्बन्धी व्यवहारिक ज्ञान सबैमा बुझाउनुपर्ने उद्देश्य राखेर कार्यक्रम गरेको बताउनु भयो । नेपालमा दुर्घटनाको दर धेरै छ । त्यसमा पनि हातमा लाग्ने चोट सबैभन्दा प्रमुख मानिन्छ । यो भेलाले नेपालमा गरिएको अभ्यास र विश्वमा उपलब्ध प्रविधि तथा नयाँ ज्ञानबारे पुराना एवं नयाँ नेपाली हृयाण्ड सर्जनहरूलाई बुझाउनु आवश्यक भएकाले छलफल गरिएको बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘नेपाल हृयाण्ड सर्जरी सोसाइटी भनेको हामीले भर्खर दर्ता गरेको सोसाइटी हो । हृयाण्ड सर्जन भनेको यो अर्थोपेडिक सर्जन अथवा प्लास्टिक सर्जन, जेनेरल सर्जन जसले स्पेशल ट्रेनिङ लिएको हुन्छ, हृयाण्ड सर्जरी गराउनको लागि । उनीहरुको लागि ग्रुप एशोसिएशन हो । जसले पनि हृयाण्ड सर्जरी भनेको के हो ? भनेर सोध्नुहुन्छ । ह्याण्ड सर्जरी भनेको माथि पातादेखि औंलासम्मको कुनैपनि कण्डिसनहरूलाई ट्रिटमेण्ट गर्नु नै हृयाण्ड सर्जरी हो । जन्मजातै कुनै समस्या भएर जन्मिएको छ की, त्यसको लागि त सबैभन्दा राम्रो ट्रमा नै हो । विभिन्न किसिमले दुर्घटनामा परी चोटपटक लागेर हातमा घाउ हुने, त्यसको उपचार गर्नुलाई ह्याण्ड सर्जरी विधा भनिन्छ । त्यसको लागि एउटा प्रिन्सिपल चाहिने भएकाले यसमा एउटा विभिन्न विशेष ट्रेनिङ गरेर आएको मानिसहरूको ग्रुप होस्, त्यो ग्रुपले समयमा यस्ता कार्यक्रम गरोस् जसले योङ हृयाण्ड सर्जनहरुले थाहा पाओस्, अझै लर्न गर्ने मौका र प्ल्याटफर्म पाओस् भन्ने हिसावले यो कार्यक्रम गरेका हौँ । नेपालमा यो झनै महत्वपूर्ण छ ।’

उहाँले नेपाल हृयाण्ड सर्जरी सोसाइटीले आगामी दिनमा पनि कार्यक्रम गर्दै जाने बताउनु भयो । गोष्ठीमा चीनलगायतका विभिन्न देशका हृयाण्ड सर्जनहरूको पनि उपस्थिति थियो । कार्यक्रमको विभिन्न सत्रमा विज्ञहरूले विषयवस्तु प्रस्तुत गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *