काठमाडौं । नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सरकारको बिरोधमा प्रदर्शन गरेको छ ।
शुक्रवार काठमाडौंको शान्ति बाटिकामा भेला भइ नेविसंघले सरकारको बिरोधमा प्रदर्शन गरेको हो । उनीहरुले सरकारको बिरोधमा सडकमै हवन गरेर सांकेतिक रुपमा सरकारको बिरोध गरेका हुन् ।
उनीहरुले खोई उत्तरपुस्तिका टियुले हरायो, खोई त उत्तरपुस्तिकाको सुरक्षा यही हो त शिक्षामन्त्री ज्यु टियुको वर्तमान अवस्था, गृहमन्त्री ज्यु जि.वी राई खोई ? सहकारी ठगी काण्ड स्वाहा, दोहोरो नागरिकता काण्ड स्वाहा, सुन तस्कर काण्ड स्वाहा, गृहमन्त्रीको नैतिकता स्वाहा, भूटानी शरणार्थी काण्ड स्वाहा, विद्यार्थीको उत्तरपुस्तिका स्वाहा, विद्यार्थीको भविष्य स्वाहा, समयमै परीक्षाफल प्रकाशन स्वाहा, खुला प्रक्रियाबाट भिसी नियुक्ति प्रक्रिया स्वाहा, भिसीको नयाँ कार्ययोजना स्वाहा, शिक्षामन्त्रीको कार्ययोजना स्वाहा, टियु पदाधिकारीको नैतिकता स्वाहा, शिक्षा क्षेत्रमा राजनीतिको अन्त्य स्वाहा, टियुमा बेथितिको अन्त्य स्वाहा लगायतका प्लेकार्ड र शब्द प्रयोग गरी बिरोध जनाएका थिए ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts