काठमाडौं । लक्ष्मी सनराइज बैंकले ग्लोबल मनि विकका अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले काठमाडौं लैनचौरस्थित अमृत साइन्स क्याम्पसमा कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा विद्यार्थीलाई वित्तीय ज्ञान, सीप र व्यवहारबारेमा प्रशिक्षण दिइएकोे थियो ।
बैंकका हेडफ रिकभरी एण्ड एसेट्स म्यानेजम्यान्टका दीपक पण्डित, हेडफ रिकभरीका रजित पौडेल, अधिकृतद्वय समिरमान संगत र टेक विष्टले विद्यार्थीलाई बचत, बजेटिङ, कर्जा, डिजिटल बैंकिङ, साइबर ठगी र वित्तीय फ्रडविरुद्ध प्रशिक्षण प्रदान गरेका थिए । बैंकले देशभर वित्तीय साक्षरता बढाउने प्रतिबद्धता जनाएको छ । बैकले सुलभ वित्तीय सेवा प्रदान गर्नुका साथै आर्थिक समावेशीकरण र सशक्तीकरणमा जोड दिँदै आएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts