काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । महरालाई कपिलवस्तुबाट नियन्त्रणमा लिएकाे केन्द्रिय प्रहरी प्रवक्ता भीम ढकालले जानकारी दिनुभयाे ।
महरालाई काठमाडौं ल्याउने तयारी भैरहेकाे छ ।
सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । आइतबार गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका सबै जनामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिनुभएकाे थियाे ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता