काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ ।
बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई एस ए)को स्थापनासँग सम्बन्धित सम्झौता पेश गर्नुहुने, माननीय उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विमस्टेक वडापत्रमाथि सामान्य छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सम्पती शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, आव२०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल जारी रहने कार्यसूचि रहेको छ ।
त्यस्तै राष्ट्रिय सभाको दिउँसो सवा १ बजे बस्ने बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।
साथै कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनयन, अनुगमन तथा मुल्याङ्कन विधेयक, २०७६ माथि छलफल र निर्णयार्थ प्रश्तुत, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा अर्थ मन्त्रीबाट जवाफ दिने कार्यसूचि रहेको छ ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts