काठमाडौं । विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संगठन डेभपलमेन्ट बंैकर्स एसोसिएसन नेपालले शुक्रबार नवनियुक्त अर्थमन्त्री वर्षमान पुनसँग भेट गरी बधाई ज्ञापन तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको छ ।
एसोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठ नेतृत्वको टोलीले अर्थमन्त्रीसँगको भेटमा देशको समग्र अर्थतन्त्रमा विकास बैंकहरूले पु¥याएको योगदानबारे चर्चा गरेको थियो ।
अर्थमन्त्री पुनले देशको अर्थतन्त्रको सर्वाङ्गिण विकासका लागि विकास बैंकहरूले पु¥याएको योगदानको प्रशंसा गर्दै खराब मनसाय नराखी काम गर्दा सरकारले पूर्णरूपमा सहयोग गर्ने भन्दै निर्धक्कसँग काम गर्न सुझाव दिनुभएको एसोसिएसनका उपाध्यक्ष तथा लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले बताउनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements