टर्की प्रहरीद्वारा ३३ जना आईएस संदिग्ध पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । टर्की प्रहरीले उत्तरपश्चिमी प्रान्त साकारियामा यस महिनाको अन्त्यमा हुने देशको स्थानीय चुनावअघि आक्रमणको तयारी गरेको आरोपमा इस्लामिक स्टेट (आईएस) समूहका ३३ संदिग्ध सदस्यहरूलाई पक्राउ गरेको छ ।

संदिग्धहरूले आगामी स्थानीय चुनावअघि कारबाहीको तयारी गरिरहेका थिए । आन्तरिक मन्त्री अली येर्लिकायाले यसबारेमा जानकारी दिनुभएको छ । संदिग्धहरूले कथित रूपमा द्वन्द्व क्षेत्रहरूमा लडाकुहरू भर्ती गर्दै थिए ।

ADVERTISEMENT

प्रहरी टोलीले छापा मार्दा हातहतियार, नगद र संगठनात्मक कागजात बरामद गरेको उनले बताए । गत जनवरीमा इस्तानबुलको एउटा चर्चमा आइएसका आतङ्ककारी समूहले आक्रमण गरेपछि टर्कीले आइएस आतङ्ककारीहरू बिरुद्धको कारबाहीलाई तिब्र पारेको छ ।

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज