जेलेन्स्कीको भ्रमणको क्रममा रुस-युक्रेन शान्ति शिखर सम्मेलन आयोजना गर्न तयार छ : एर्दोगान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडाैं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्कीले हालको युक्रेन संकट समाधान गर्न रसियालाई समावेश गर्ने शान्ति शिखर सम्मेलन गर्न तयार रहेको बताउनुभएको छ । इस्तानबुलको डोल्माबाहसे दरबारमा भएको छलफलपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको संयुक्त पत्रकार सम्मेलनमा एर्दोगानले उक्त टिप्पणी गर्नुभएको हो ।

जुलाई २०२२ मा संयुक्त राष्ट्र संघ र टर्कीद्वारा मध्यस्थता गरिएको पहलले युक्रेनी ब्ल्याक सी बन्दरगाहबाट खाद्यान्न र मल निर्यात गर्न अनुमति दिने मानवीय समुन्द्री कोरिडोर सिर्जना गरेको थियो । टर्कीका नेताले कालो सागरमा नेभिगेसनको सुरक्षा, सामुद्रिक मार्गका बन्दरगाहहरूको सुरक्षा र कैदी आदानप्रदान जस्ता मुद्दाहरूमा पनि छलफल भएको बताउनु भयो ।

ADVERTISEMENT

जेलेन्स्कीले युक्रेन र फराकिलो ब्ल्याक सी क्षेत्र दुवैको लागि सुरक्षा बलियो बनाउन र निष्पक्ष शान्ति प्राप्त गर्न आफ्नो देशको प्रयासलाई जोड दिनु भयो । उहाँले युक्रेनको क्षेत्रीय अखण्डता, सार्वभौमिकता र स्वतन्त्रतालाई समर्थन गरेकोमा एर्दोगानप्रति कृतज्ञता व्यक्त गर्दै महत्वपूर्ण मानवीय परिणामहरू प्राप्त गर्न टर्किएको भुमिकालाई स्वीकार गर्नुभयो ।

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज