काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यमा भरतराज आचार्य मनोनीत हुनुभएको छ । महासंघको विधानअनुसार आचार्यलाई अध्यक्ष चन्द्रप्रसाद ढकालले मंगलबार पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।
आचार्य उत्पादनमूलक उद्योग, व्यापारलगायतका क्षेत्रमा संलग्न हुनुहुन्छ । यसअघि दुई कार्यकाल कार्यकारिणी समिति सदस्य रहिसक्नुभएका आचार्यले महासंघमा रोजगारदाता परिषद् उपसभापति एवं उद्योग समितिको सभापतिको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts