काठमाडौं । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ । कपिलबस्तबाट काठमाडौं आउँदै गरेको लु २ ख २१२१ नम्बरको बस आज बिहान धादिङको गजुरी गाउँपालिका-५ घाटबेशीस्थित पृथ्वी लोकमार्गबाट त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ ।
नदीमा खसेकामध्ये १३ जनालाई जिवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । उनीहरुको गजुरी अस्पतालमा उपचार भइरहेको छ । उक्त स्थानमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमान्डमा ६ जना गोताखोरसहित २० जनाको टोली खटिएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता