उलान बाटोर । मंगोलियामा जुड भनिने चरम जाडो मौसमले यस वर्षको हालसम्म ३० लाखभन्दा बढी पशुपक्षीहरूको ज्यान लिएको राष्ट्रिय विपत् आयोग (एसईसी)ले सोमबार जनाएको छ । जुडका कारण मंगोलियामा कम्तीमा ३० लाख ८९ हजार ४२० गाईबस्तु मरेको एसईसीले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
जुड गम्भीर चिसोले अधिक जाडो बढेको अवस्थामा प्रयोग गरिने मंगोलियाली शब्द हो । यो अवस्थामा जमिन हिउँले ढाकिएका कारण अधिक चिसो हुने र ठूलो संख्यामा गाईबस्तुहरू मर्ने गर्छन् ।
मौसमनुगमन एजेन्सीका अनुसार मंगोलियामा यसवर्षको जाडोमा सामान्यभन्दा धेरै हिउँ परेको छ । मंगोलियाको ८० प्रतिशत भन्दा बढी क्षेत्र अहिलेसम्म १०० सेन्टिमिटर बाक्लो हिउँले ढाकिएको छ । राष्ट्रिय तथ्यांक कार्यालय अनुसार सन् २०२३ को अन्त्यमा मंगोलियामा पशुधनको संख्या छ करोड ४७ लाख रहेको थियो । रासस/सिन्हृवा ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts