काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा सन्तोष प्रसाईं नियुक्त हुनुभएको छ । प्रभु महालक्ष्मी लाइफको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रसाईंलाई सिइओमा नियुक्त गरेको हो ।
नियमनकारी निकाय नेपाल बिमा प्राधिकरणबाट बिमा क्षेत्रमा प्रवेश गर्नुभएका प्रसाईं बिमा क्षेत्रमा अनुभवी व्यक्तिका रूपमा चिनिनुहुन्छ । प्रसार्इंसँग नेपाल लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सको सिइओका रूपमा नेतृत्व गरेको अनुभव छ ।
उहाँ साबिकको प्रभु लाइफ इन्स्योरेन्समा सिइओका रूपमा कार्य गर्दै गर्दा साबिकको प्रभु लाइफ र साबिकको महालक्ष्मी लाइफबीच मर्जरपछि बनेको प्रभु महालक्ष्मी लाइफमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहनुभएको थियो । प्रसाईं चार्टर्ड एकाउन्टेन्टसमेत हुनुहुन्छ ।






