सीमित स्रोतसाधनका बीचमा काम गरिरहेका छौ : अर्थमन्त्री डा महत

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 5 mins

रुपन्देही । अर्थमन्त्री डा. प्रकाश शरण महतले सीमावर्ती क्षेत्रमा बसेका नागरिकले भारतबाट सामान ल्याउँदा केही सहजता हुनुपर्छ भन्ने माग गर्नु स्वभाविक भए पनि भारतबाट सबै सामान किन्ने हो भने नेपालका उद्योग-व्यवसाय अझ धरासायी हुने र धेरैको रोजगारी गुम्ने बताउनु भयो । उहाँले यसबारे सन्तुलित दृष्टिकोण राख्न आग्रह गर्नु भयो । सहकारीका बचतकर्ताको रकम जोगाउनेतर्फ लागेको उहाँले बताउनु भयो ।

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री डा. महतले यस्तो बताउनु भएको हो ।

अर्थमन्त्री महतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा धेरै ठूला ‘ग्राण्ड’ घोषणा भएको बताउँदै बजेट विनियोजन र स्रोत सुनिश्चित नगरिकन ठूला घोषणा गरिएको बताउनु भयो ।

'हामीलाई पनि लाग्यो यति धेरै घोषणा भएको छ कसरी पूरा हुन्छ ? कहाँबाट स्रोत ल्याउनुहुन्छ ? ओलीजीले एकैपटक ७५३ वटै पालिकामा १५ बेडको हस्पिटल केन्द्रमा बसेर शिलान्यास गर्नुभयो । स्वीच अन भन्नुभो । स्थिति के रहेछ भने बजेट नराखिकन घोषणा भएछ,’ उहाँले भन्नुभयाे ।

उहाँले समस्याहरु थुप्रिएर बसेको अवस्थामा आफूले काम गरिरहेको बताउनु भयो । डा. महतले केन्द्र सरकारको स्रोत घटे पनि अपेक्षा भने नघटेको बताउनु भयो । सीमित स्रोतसाधनका बीचमा काम गर्नुपरेको डा महतको भनाई छ ।

ADVERTISEMENT

नेपाली कांग्रेसका केन्द्रीय प्रवक्ता समेत रहेका डा. महतले कांग्रेस गैरजिम्मेवार बन्न नसक्ने बताउनु भयो। उहाँले भन्नुभयाे- ‘कांग्रेसका मन्त्रीहरुले राम्रा काम गर्नु भएको छ । बेथितिलाई अन्त्य गर्दै सुशासन कायम गर्न खोजेका छौं । म पदमा बसुञ्जेल समर्पणका साथ जनता र देशलाई केन्द्रबिन्दुमा राखेर काम गर्छु भनेर अघि बढेको छु । तर, सबैलाई एउटै डालोमा हाल्ने हाम्रो प्रवृत्ति छ ।’

उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल भैरहेको बताउनु भयो । भारतीय पर्यटकले नेपालमा भारु २५ हजार भन्दा बढी ल्याउन नपाएपछि कसरी खर्च गर्ने भन्ने कांग्रेस नेता-कार्यकर्ताको प्रश्नमा उहाँले यसलाई सहज गर्न जरुरी रहेको बताउँदै भन्नुभयो, ‘म यसमा लागेको छु ।’

कार्यक्रममा कांग्रेस क्षेत्र नम्बर ३ का सहसचिव कुल प्रसाद न्यौपाने, क्षेत्र नम्बर ३ (क) का कोषाध्यक्ष दीपक बहादुर कुँवर, क्षेत्रीय प्रतिनिधि कमला आचार्य, सिद्धार्थनगर नगरपालिका-९ का सभापति श्याम खनाल, सिद्धार्थनगर-५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठ, सिद्धार्थनगर-७ का अध्यक्ष दामोदर शर्मा घिमिरे, नेपाल इन्जिनियरिङ एशोसिशयन लुम्बिनी प्रदेशका अध्यक्ष शैलेन्द्र प्रसाद श्रेष्ठ, युवा नेता माधव शर्मा, राकेश गुरुङ, पल्लवी न्यौपानेलगायतले भनाइ राख्नु भएको थियो।

नेपाली कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीका सभापति सुशील गुरुङको सभापतित्व, कोषाध्यक्ष कृष्ण खनालको स्वागत तथा सचिव एवं प्रवक्ता लेखनाथ भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *