कस्ता प्रकारका गाईको गौमुत्रमा ‘एण्टी क्यान्सर ड्रग’ पाइन्छ ?

Read Time = 4 mins

काठमाडौं । गाई सृष्टिको अद्भूत प्राणी हो। भनिन्छ गाई जति यस पृथ्वीमा मानिसका लागि अन्य कुनै उपयोगी प्राणी नै छैन। वास्तवमा गाई प्राणी होइन, संसारको प्राण हो, गाई जनावर होइन, मानिसको ज्यान हो । गाई हिन्दूहरूका लागि आमा जस्तै हुन् । त्यसैले गाईलाई गौमाता पनि भन्ने गरिन्छ । हिन्दु धर्मालम्बीले गाईलाई लक्ष्मीका रुपमा पूजा पनि गर्ने गर्छन् ।

गाईले दिने दुधमात्र होइन मानिसका लागि गाईबाट प्राप्त हुने गोबर र गहुँत पनि उक्तिकै उपयोगी छ । गाईको दुध जति पोशिलो हुन्छ, त्यति नै गाईको पिसाब र गोबर गुनिलो र औषधीय गुणहरूले भरिएको हुन्छ ।

आधुनिक चिकित्साविज्ञानको पिता मानिने आयुर्वेदमा गोमूत्र (गहुँत) लाई अमृतसमान मानिएको छ । हजारौं वर्ष पहिले लेखिएको यो कुरालाई आधुनिक वैज्ञानिक युगमा पनि स्वीकार गरिएको छ । गोमूत्रलाई जैवीक औषधिको विकल्पका रुपमा राखिएको छ ।

गहुँतमा ‘कक्र्युमिन’ नामक तत्व पाइन्छ जुन ‘एण्टी क्यान्सर ड्रग’ हो । अमेरिकाले गाईको गहुँतमा शोध गरी गोमूत्रबाट बन्ने पाँचवटा औषधिको ‘पेटेन्ट राइट’ लिएको छ । भारतले पनि गाईको गोबरमा अनुसन्धान गरी ४८ वटा औषधिको ‘पेटेन्ट राइट’ लिएको छ ।

गौमुत्रको फाइदा

गौमुत्र धेरैवटा औषधिहरूले मिलेर बनेको जैविक घोल हो ।

– गौमुत्रसर्वोत्तम औषधीको रुपमा लिइन्छ । यसको सेवनले कतिपय रोग समेत निर्मूल हुन्छ । यद्यपी स्वस्थ्य गाईको गौमुत्र सेवन गर्नुपर्छ । स्थानीय जातका गाई अझ खुला चरनमा छाडिने गाईको गौमुत्र, दुध बढी औषधिय महत्वको हुन्छ ।

ADVERTISEMENT

– गौमुत्रमा यस्ता गुण हुन्छ, जसले क्यान्सर जस्ता रोग लाग्न दिदैन । चिकित्सा विज्ञानको अनुसार गाईको कलेजोलाई चार भागमा बाढिन्छ । यसको अन्तिम हिस्सामा एक प्रकारको एसिड हुन्छ, जो क्यान्सर रोगको जड हटाउने क्षमता राख्छ । गौमूत्र खाली पेट प्रतिदिन निश्चित मात्रामा सेवन गर्दा क्यान्सर जस्तो रोग नष्ट हुन्छ ।

– गौमुत्रमा पोटेशियम, सोडियम, नाइट्रोजन, फस्फेट, यूरिया, यूरिक एसिड हुन्छ । दुध दुहीरहेको समयमा गौमुत्रमा ल्याक्टोजको मात्रा वृद्धि हुन्छ, जो हृदय रोगीको लागि फाइदाजनक मानिन्छ ।

– गौमूत्रमा नाइट्रोजन, सल्फर, अमोनिया, कपर, फलाम, युरिक एसिड, युरिया, फस्फेट, सोडियम, कार्वोलिक एसिड, क्याल्सियम, भिटामिन आदि पाइन्छ ।

– गौमुत्रमा प्रति-अक्सिकरणको क्षमताको कारण डीएनए नष्ट हुनबाट बचाउँछ । गोमूत्रबाट बनेको औषधीले क्यान्सर, उच्च रक्तचाप, आर्थराइटिस, सर्वाकल हड्डी सम्बन्धी रोगको समेत उपचार संभव हुन्छ ।

-गौमुत्रमा पाइने विभिन्न ईन्जाईम्सहरूले पाचनक्रियामा सहायता पुर्‍याउनुका साथै विभिन्न तत्वहरू बन्न मद्दत गर्ने र जीवनीशक्तिलाई बढाउने कार्य गर्दछ ।

  • विभिन्न पत्रपत्रिकाको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *