काठमाडौं । गार्गी कन्या गुरुकुलले अक्षयकोष स्थापनाका लागि काठमाडौँको पशुपतिनाथ क्षेत्रस्थित सुमार्गी भवनमा आयोजना गरेको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा सहभागी हुनु भएका गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले युगको नयाँ थालनी भएको बताउनुभएको छ । धर्मका नाममा विकृति भएको भन्दै हिन्दु धर्म नै नेपालीको मर्म भएको बताउनुभएको हो ।
देशमा धर्मको बारेमा बहस भइरहेको भन्दै प्रदेश प्रमुख गुरुङले हिन्दु सनातन धर्ममै नेपाल र नेपाली रहेको बताउनुभयो । उहाँले आयोजक संस्थालाई धन्यवाद दिँदै गार्गी कन्या गरुकुललाई आफूले सक्दो सहयोग गर्न पहल गर्ने बताउनुभयो । उहाँले हिन्दु धर्म सबैको साझा थालोका रुपमा रहेको भन्दै सबै शास्त्रमा हिन्दु धर्म वर्णन गरिएको उल्लेख गर्नु भयो ।
सो महायज्ञबाट एक करोड ७५ लाखभन्दा बढी रकम संकलन भएको आयोजका संस्थाले जनाएको छ । गुरुकुललाई दिगोरुपमा सञ्चालन गर्न, बालिकामा गुरुकुल शिक्षाको महत्व बढाउन र गुरुकुलको अक्षयकोष स्थापनाका लागि गार्गी कन्या गुरुकुल प्रतिष्ठान काठमाडौंले गत फागुन १ देखि महायज्ञको सञ्चालन गरेको थियो ।
महायज्ञबाट एक करोड ७५ लाखभन्दा बढी रकम संकलन भएको आयोजक समितिका संयोजक डा.गोविन्द टन्डनले जानकारी दिनु भएको छ । सो महायज्ञमा विभिन्न व्यक्ति तथा संघ-संस्थाले उक्त सहयोग उपलब्ध गराएका थिए ।
नेपालमा हाल कूल एक सय ५० वटा गुरुकुल सञ्चालनमा रहेका छन् । संस्कृति तथा संस्कृत शिक्षा सबैले पढ्न पाउनुपर्छ भन्ने मान्यताका साथ स्थापना भएका गुरुकुलमा सबै जातजातिका बालिकाले पढ्न पाउने व्यवस्था मिलाइएको सहसंयोजक पौडेलले बताउनुभयो । उहाँले देवघाट धाममा स्थापित पहिलो समावेशी गार्गी कन्या गुरुकुललाई स्थापनाकालदेखि नै अभिभावकीय भूमिका निर्वाह गरेको जानकारी दिनुभयो ।
महायज्ञमा भागवत वाचक पण्डित कुवेर सुवेदीले भागवत कथा वाचन गर्नुभएको थियो भने युवा पण्डित सुशीलकुमार वाग्ले उपवाचक रहनुभएको थियो । कन्या गुरुकुललाई स्थापित गराउन अक्षयकोष स्थापना गर्ने उद्देश्यका साथ महायज्ञ आयोजना गरिएको हो । गुरुकुलमा निःशुल्क आवासीय सुविधासहित ८० कन्या पाँचदेखि ११ कक्षासम्म अध्ययनरत छन् ।
प्रसिद्ध विदूषी स्वर्गीय अंगुरबाबा जोशीको सदिच्छा अनुसार काठमाडौंमा विसं २०६७ देखि गार्गी कन्या गुरुकुलको स्थापना भएको थियो । विसं २०७५ देखि भरतपुर–देवघाट धाम चितवनमा गार्गी कन्या गुरुकुल सञ्चालन हुँदै आएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts