दुई संसदीय समितिको बैठक बस्दै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ ।

सिंहदरबारमा बस्ने बैठकमा मुलुकमा विद्यमान राजश्व संकलन र चुहावटको स्थिति र भन्सार कार्यालयहरुमा रहेका समस्या र समाधानका उपाय सम्बन्धमा छलफल हुनुका साथै सोह्रौं पञ्चवर्षिय योजनाको मस्यौदा सम्बन्धमा छलफल हुनेछ ।

ADVERTISEMENT

त्यस्तै बिहान ११ बजे नै बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा नेपाल सरकार, प्रदेश र स्थानीय तहबीच र प्रदेश तथा स्थानीय तहबीच राजश्व बाँडफाँड गर्ने विस्तृत आधार, प्रकृया, सूचक तथा ढाँचाको सम्बन्धमा, नेपाल सरकारले प्रदेश तथा स्थानीय तहलाई र प्रदेशले स्थानीय तहलाई उपलब्ध गराउने वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रत्येक प्रदेश र स्थानीय तहले प्राप्त गर्ने न्युनतम अनुदान निर्धारण गर्ने प्रक्रिया तथा विधि, आधार र सूचकको सम्बन्धमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *