काठमाडौं । तारे होटलले समेत म्याद नाघेका गुणस्तरहीन खाद्यवस्तु प्रयोग गर्ने गरेको पाइएको छ । काठमाडौंको गौशालास्थित होटल द्वारिकाज, लाजिम्पाटको हिमालयन र बसेरा होटलले म्याद नाघेका खाद्यवस्तु प्रयोग गरेको भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ ।
विभागले तीन/तीन लाख रुपैयाँ जरिवाना गराएको हो । विभागले गरेको अनुगमनका क्रममा ती होटलका भान्सा र स्टोरमा राखिएका सामान म्याद नाघिसकेको फेला परेका थिए । बसेरामा पाउरोटी, जुसलगायत दुई हजार दुई सय ८० रुपैयाँ, हिमालयन होटलमा दूध, मेथी, पाउरोटी, दही पिठोलगायत १० हजार आठ सय २० रुपैयाँ र होटल द्वारिकाजमा पिठो, कोकाकोलालगायतका ११ हजार बढी मूल्यका म्याद नाघेका खाद्यवस्तु फेला परेकोे विभागले जनाएको छ । विभागले बसेरामा सोमबार, हिमालयनमा मंगलबार र द्वारिकाजमा बुधबार अनुगमन गरेको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts