जनयुद्धका स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्छ : प्रधानमन्त्री दाहाल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडाैं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धका स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्ने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनयुद्धको २९ औं वार्षिकोत्सव रहेको बताउनु भयो । उहाँले जनयुद्ध ऐतिहासिक दिन भएकाले ऐतिहासिक सम्बोधन हुनुपर्ने बताउनु भयो । उहाँले अहिले दक्षिण एशियामा रामराज्यको बारेमा धेरै चर्चा भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज फाल्गुण १ गते महान जनयुद्धको २९ औं वार्षिकोत्सव । यो ऐतिहासिक अवसर पारेर जनयुद्ध कालमा बढो कठिन जटिल र चुनौतिमा पनि जनयुद्धका स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्छ भन्ने ऐतिहासिक जिम्मेवारी बोध गरेर ६ वटा पुस्तक विमोचन भएका छन् । अहिले दक्षिण एशियामा रामराज्यको बारेमा धेरै चर्चा छ । आज रामलल्लाको बारेमा त निकै धेरै चर्चा छ । यो ऐतिहासिक दिनको ऐतिहासिक सम्बोधन गर्नुभएको छ ।’

ADVERTISEMENT

अध्यक्ष दाहालले पार्टीको विधान अधिवेशनमा जनयुद्धको बारेमा चर्चा गर्ने बताउनु भयो ।

-न्युज एजेन्सी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *