काठमाडौं । एमएडब्लुअन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर प्रालिका लागि जेसिबीका जेन्युन स्पेयर पार्ट्स, टायर्स र लुब्रिकेन्ट्सको आधिकारिक बिक्रेता हो । कम्पनीले ग्राहकको सहजता, नक्कली पार्टपुर्जा प्रयोग र जोखिमबाट जोगाउन जेसिबीका सक्कली पार्ट्स आफ्ना एक्सक्लुसिभ तथा नन एक्सक्लुसिभ रिटेलरमार्फत् देशभर बिक्री गर्दै आएको छ ।
सोहीअन्तर्गत एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरले आफ्नो एक्सक्लुसिभ रिटेलर भक्तपुर अटो पार्ट्स भक्तपुरमा सञ्चालनमा ल्याएको छ । रिटेलर उद्घाटन एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरका निर्देशक गोपालकुमार अग्रवाल, एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरका बिजनेस हेड रोशनकुमार श्रेष्ठ, एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरका सेल्स हेड प्रवीन अधिकारी, भक्तपुर अटो पार्ट्सका प्रबन्ध निर्देशक रामेश्वर खाताखोेले संयुक्तरूपमा गरेका थिए ।






