विज्ञापन बोर्डले गर्‍याे ‘कोकिल मिडिया’लाई दश हजार रुपैयाँ जरिवानासहित कारबाही

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । नेपाल सरकारकाे विज्ञापन बोर्डले काठमाडौं अनामनगरस्थित कोकिल मिडियालाई  दश हजार रुपैयाँ जरिवानासहित कारवाही गरेकाे छ ।

बोर्डले अत्यधिक सेवा शुल्क लिएकाे भन्दै दश हजार रुपैयाँ जरिवाना र २०८१ साल असार मसान्तसम्म उक्त एजेन्सीको विज्ञापन कारोबार रोक्का गर्ने निर्णय गरेको छ।

नसर्ने रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी विज्ञापन प्रसारण गर्न राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौंसंग साे एजेन्सीले मिति २०८०।०६।१२ मा गरेको सम्झौतामा उल्लेखित रकमभन्दा अत्यधिक सेवा शुल्क लिने गरि विज्ञापन प्रसारणको आदेश दिएको भन्दै बोर्डले यस्तो निर्णय गरेको हो ।

उक्त एजेन्सीले केन्द्रसँग विज्ञापन प्रसारणवापत प्रति स्पट रु. १०६.६१ मा सम्झौता गरी एफएम रेडियोमा प्रति स्पट रु. ११. ११ मा प्रसारण आदेश दिई प्रति स्पट रु ९८.५० अर्थात ९८६.५८ प्रतिशत सेवा शुल्क लिने तयारी गरेको पाइएपछि बोर्डले कारवाहीको निर्णय गरेको बोर्डले जारी गरेको विज्ञप्तिमा बताइएको छ ।

बोर्डका प्रमुख प्रशासकीय अधिकृत एवम् प्रवक्ता निशानराज गौतमद्वारा जारी विज्ञप्ति अनुसार कोकिल मिडियाले ५२ वटा एफएम रेडियोबाट विज्ञापन प्रसारण गर्नु पर्नेमा २० वटा एफएम रेडियोमामात्र विज्ञापन प्रसारणको आदेश दिएको पाईएकोले बोर्डको २०८० साल माघ १९ गते बसेको बैठकले विज्ञापन (नियमन गर्ने) नियमावली २०७७ (पहिलो संशोधनसमेत) को नियम ११ख को उपनियम (१) बमोजिम २०८१ साल असार मसान्तसम्म उक्त एजेन्सीको विज्ञापन कारोवार रोक्का राख्ने र सो अवधिसम्म उक्त एजेन्सीलाई विज्ञापन बोर्डमा सूचीकरण समेत नगर्ने निर्णय गरेको छ ।

ADVERTISEMENT

एजेन्सीले सम्झौता अनुसार कार्य नगरेकोले नियमानुसार कारबाही गर्न राष्ट्रिय स्वास्थ्य सूचना तथा सञ्चार केन्द्रलाई पनि बोर्डले निर्देशन दिएको छ ।

नियमन गर्ने ऐन, २०७६ को दफा २६ बमोजिम बोर्डमा सूचीकरण नभएको, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, टेकुबाट ५२ वटा एफएम रेडियोमा विज्ञापन प्रसारण गर्नुपर्ने कार्यादेश पाएकोमा कोकिल मिडियाले २० वटामा मात्र प्रसारणको आदेश पठाई ३२ वटा रेडियोमा प्रसारण आदेश नै नदिएको र प्रसारणको आदेश दिएका एफएममा समेत अत्याधिक ९८६. ५८ प्रतिशत सेवा शुल्क राखी कालोबजारी गरेको छानविनका क्रममा पाईएपछि साे कारबाही गरिएको बोर्डको दाबी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?