काठमाडौं । भृकुटीमण्डपमा जारी नेपालकै सबैभन्दा ठूलो सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘एसपावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहआ’ मा प्रदर्शनीकर्ता कम्पनीहरुबीच प्रविधि प्रदर्शनीसँगै बजारीकरणको प्रतिस्पर्धा चलेको छ । शनिबार प्रदर्शनीको तेस्रो दिन सकिँदा इन्फोटेक थप प्रविधिमय बनेकोहो ।
यसअन्तर्गत विभिन्न कम्पनी तथा ब्राण्डहरूले सेवाग्राहीलाई एकै थलोबाट आफ्ना उत्पादन एवं सेवाबारे जानकारी प्रदान गरिरहेका छन् । प्रदर्शनीस्थलमा रहेको ब्राण्डिङ कक्षमा सहभागी देशविदेशका विभिन्न कम्पनी एवं ब्राण्डहरूले स्टलबाटै वितरक, डिलर तथा रिटेलरसँग जोडिएर व्यवसाय विस्तार गर्ने मौका पाएका छन्।
साथै ग्राहकका जिज्ञासा एवं गुनासाहरू पनि स्टलबाटै समाधान गरिरहेका छन् । नेपालमै उत्पादन भएका प्रविधि, नवप्रवर्तन क्षेत्रमा हासिल भएका अनुसन्धान र उपलब्धि तथा सूचना प्रविधिमैत्री स्टार्टअप व्यवसायमा पनि अवलोकनकर्ताको चासो बढेको छ । विशेषगरी साइबर सुरक्षा, कृषि, पर्यटन, हस्पिटालिटी लगायतका क्षेत्रमा प्रयोग हुने प्रविधिबारे बुझ्न चाहने अवलोकनकर्ता बढेको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए ।
शनिबार नेपाली अनुसन्धानकर्मीहरूले विकास गरेको मसिन लर्निङमा आधारित रोबोट ‘कान्छी’को बेटा भर्सन समेत सार्वजनिक गरिएको थियो । रोबोटका निर्माता टिममा सदस्य बिक्रान्त कार्कीले मानिसहरूबाट प्रतिक्रिया लिइरहेको र चाँडै नै पूर्ण उत्पादन सार्वजनिक गर्ने योजना रहेको सुनाए ।
यो रोबोटमा नेपालमा बोलिने विभिन्न भाषाहरू एकीकृत गर्नेगरी काम भइरहेको समेत उनले जानकारी दिए । त्यस्तै इन्फोटेकको अवसर पारी विभिन्न सेवाप्रदायक तथा बिक्रेताले आफ्ना सेवा तथा वस्तुमा छुट घोषणा गरेका छन् । यसअन्तर्गत कम्पनीहरुले वस्तु खरिद तथा बुकिङमा छुट, निःशुल्क परामर्श तथा रमाइला खेल सञ्चालन गरिरहेका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts