काठमाडौं । सरकारले बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा फिर्ताको प्रक्रिया अघि बढाएको छ । डिल्लीबजार मालपोत कार्यालयले उक्त जग्गाको श्रेस्ता अद्यावधिक गर्न भन्दै आज चाँदबाग रेसिडेन्सी प्रालिलाई पत्र पठाएको छ ।
टोखा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष शान्ता खनालको रोहवरमा मालपोत कार्यालयले उक्त कम्पनीका अध्यक्ष सन्जय ठाकुरलाई २१ दिने म्यादसहितको पत्र बुझाएको हो । बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना भएको प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ ।
‘च्याम्पियन फुटवेयर प्रालिका नाममा दर्ता कायम रहेको काठमाडौं नगर३ सिट नं १०२०९४७–१६ किनं.५८ क्षे.फ. ०४६०७.२० ब.मी.ऐ.ऐ. नाममा दर्ता नगर–३ सिट नं ९४७–२१ क.नं.१६ क्षे.फ.००४८७.०० ब.मी. जग्गा नेपाल सरकारका नाममा श्रेष्ता अद्यावधिक गरी ल्याउन २०८०/१०/२४ को आदेश बमोजिम त्यस प्रालिका नाममा यो पत्र लेख्ने कार्य भएको छ। पत्र प्राप्त भएको मितिले बाटोको म्याद बाहेक २१ दिनभित्र आफैं वा वारेस मुकरर गरी कार्यालय समय भित्र उपस्थित हुनु होला अन्यथा कानुन बमोजिम भई जाने ब्यहोरा जानकारी गराइन्छ ’पत्रमा उल्लेख गरिएको छ ।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता