संघीय संसदका महासचिव पाण्डेयले गरे शपथग्रहण

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । संघीय संसदका नवनियुक्त महासचिव पद्यप्रसाद पाण्डेयले पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ ।

बुधवार संसद भवनमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उहाँलाई शपथग्रहण गराउनुभएको हो ।

शपथग्रहण समारोहमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, उपसभामुख इन्दिरा राना लगायतको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेयलाई संघीय संसदको महासचिवमा पदमा नियुक्त गर्नुभएको थियो ।

-न्युज एजेन्सी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?