संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको संयुक्त सिफारिसमा सङ्घीय संसद्का पूर्वकार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयलाई सङ्घीय संसद्को महासचिवमा नियुक्त गर्नुभएको छ ।

पाण्डेको संसद् सेवाको कार्यवाहक महासचिवको हैसियतले दिनुभएको राजीनामा आजै राष्ट्रपति पौडेलबाट स्वीकृत भएको थियो ।

नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम रिब्दीकोट गाउँपालिका ९१, पाल्पा निवासी पाण्डेयलाई आजैदेखि लागू हुने गरी नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

ADVERTISEMENT

पाण्डेयले यसअघि संसद् सचिवालयको सचिव र न्याय सेवा विशिष्ट श्रेणीको पदाधिकारीका रूपमा राष्ट्रसेवा गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *