माघ २२ गतेको बैठकका लागि संघीय संसदकाे बैठक कक्ष चिटिक्क पार्ने काम धमाधम (तस्वीर)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ २२ गते अपराह्न ४ बजे बस्ने गरी संघीय संसदको दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को बैठक आह्वान गर्नुभएकाे छ ।

उक्त आह्वानपछि माघ २२ गते सोमबारदेखि सुरु हुने संसद बैठकका लागि नयाँ बानेश्वरस्थित संघीय संसद भवन तयारी अवस्थामा राखिएको छ।

संसद ओरिपरि सफा गर्ने र भवन चिटिक्क पार्ने काम धमाधम हुँदैछ। संसद बैठक व्यवस्थित रुपमा चलाउनका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टाछुट्टै कार्यव्यवस्था महाशाखा रहेका छन्।

संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय सहित संसदको कार्यव्यवस्था महाशाखाका कर्मचारीहरुले भवन र बैठक कक्षको निरीक्षण गरिएको छ।

कार्यव्यवस्था महाशाखाको टोलीद्वारा भवन र बैठक कक्षको निरीक्षण गरिएको हो।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज