काठमाडौं । डिजिटल भुक्तानीमा विश्वव्यापी अग्रणी भिजा एक्सेलरेटरले कार्यक्रमको चौथो संस्करणको घोषणाका साथै आवेदन खुला गरेको छ । भिजाका भुक्तानी विशेषज्ञसँग सहकार्य गरेर नेपालमा स्टार्टअप विकासका सम्भावनाका ढोका खोल्ने उद्देश्यका साथ उक्त अभियान सुरु गरिएको कम्पनीले जनाएको छ । २०२४ संस्करणले नयाँ अवसर क्षेत्र कृत्रिम बुद्धिमता, विश्वव्यापी मुद्रा आवागमन र भविष्यको लोयल्टी, माइक्रो, साना र मध्यम व्यवसाय र डिजिटल स्वीकृतिजस्ता क्षेत्रमा जोड दिँदै एम्बेडेड फाइनान्समा केन्द्रित छ ।
कार्यक्रमको शुभारम्भ गर्दै भिजा नेपाल, बंगलादेश र भुटानका कन्ट्री म्यानेजर सौम्याबसुले भन्नुभयो, ‘हामी देशका आगामी र आउने पेमेन्ट इनोभेटरलाई भिजा एक्सेलरेटर कार्यक्रममा आमन्त्रित गर्न पाउँदा र भिजामार्फत् उनीहरूको चुनौती समाधानलाई सशक्त बनाउन पाउँदा खुसी छौँ । कार्यक्रमले स्टार्टअपलाई हाम्रा विषयवस्तुका विज्ञसँग काम गर्ने अनौठो अवसर प्रदान गर्छ र तिनीहरूको समाधान वास्तविकरूपमा परीक्षण गर्न, विकास गर्न अवसर प्रदान गर्छ । हामी भुक्तानी सकारात्मक अनुभवमार्फत् निर्वाधरूपमा सुरक्षित पैसा आवागमन सक्षम गरेर विश्वव्यापी भुक्तानीका लागि गतिको अर्को लहर चलाउने लक्ष्य राख्छौँ ।’ विस्तार चरणमा रहेका स्टार्टअप कम्पनीका लागि विशेषरूपमा तयार गरिएको कार्यक्रमले सम्भावित सहयोग र द्रुत वृद्धिका साथ अवधारणाको प्रमाण, उत्पादन समाधान र द्रुत ट्र्याक गरिएको व्यावसायीकरणमा जोड दिइने कम्पनीले जनाएको छ ।
एसिया-प्रशान्त क्षेत्रबाट छानिएका स्टार्टअप समूहले कार्यक्रममार्फत् भुक्तानी इकोसिस्टममा विकसित चुनौतीलाई सम्बोधन गर्ने बताइएको छ । नयाँ संस्करणका लागि जनवरी ८ मा खुला गरिएको आवेदन मार्च ८ सम्म रहने पनि कम्पनीले जनाएको छ । छानिएका स्टार्टअप मेदेखि नोभेम्बर २०२४ सम्म सञ्चालन हुने कार्यक्रममा सहभागी हुन पाउनेछन् भने पछि डेमो डेका साथ समाप्त हुने बताइएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता