इण्डियाको साकेत अर्थात् अयोध्यामा भगवान रामको प्राण प्रतिष्ठा हुँदा रामजन्मभूमिको प्रश्नमा इण्डियाजस्तै नेपाली जनता पनि दुई खेमामा विभाजित भए । हज्जारौं वर्ष पहिला भगवान रामको जन्म भएको थियो । आज उहाँको जन्मभूमि यो नै हो भन्ने बलजफ्तीको किटानले कसैको भलो गर्दैन । अफगानिस्तान, पाकिस्तान, थाइल्याण्ड, नेपाललगायत देशले राम आ-आफ्नो भूमिमा जन्मेको हो भन्ने दाबी गर्छन् । चन्द्रगुप्त मौर्य जसले पछि विक्रमादित्य उपाधि धारण गरे, उनले रामायणको अध्ययन गरिसकेपछि रामायणकै शैलीमा शहर बसाउन साकेतलाई चुने । किनकि त्यहाँ सरयू नदी पनि थियो र त्यहाँ उनले नागेश्वरनाथको मन्दिर देखे तर न त विष्णुको मन्दिर देखे न त रामको ।
उनले साकेतलाई अयोध्या नाम दिँदै राममन्दिर बनाए र राम त्यहीँ जन्मेका हुन् भनी प्रचार गरेका थिए । सन् १८६० मा एकजना ब्रिटिश कार्नेगीले राममन्दिरबारे लेखेका छन् ‘यो बलियो ठोस प्रकृतिको गहिरो स्लेटी वा कालो रंगको ढुंगा हो, जसलाई स्थानीयवासीले कसी भन्छन् जसमाथि विभिन्न किसिमका नक्साहरू कोरिएका छन् । यी ती बौद्ध स्तम्भहरूसँग मिल्छ जसलाई मैले वनारस तथा अन्य स्थानहरूमा देखेको छु । कार्नेगीको अतिरिक्त त्यहाँ बौद्ध मठहरू भएको प्रमाण आर्किलोयोजिकल सर्भे अफ इण्डियाले सने १८६२/१८६३ मा दिएको थियो । सन् १९६९-०७० मा वनारस विश्वविद्यालयका एके नारायणले पनि बुद्धिस्ट प्रमाणहरू भेटाएका थिए ।
थाइल्याण्डको राष्ट्रिय ग्रन्थ रामायण हो जसलाई थाई भाषामा राम कियेन अर्थात् राम कीर्ति भनिन्छ, जो वाल्मीकि रामायणमाथि आधारित छ । जबकि थाइल्याण्डमा अधिकांश जनता थेरावादी बौद्ध मतावलम्बी छन् । बैंकक नजिकै अयोध्या शहर त्यहाँको राजधानी हो ।
इण्डियाको सर्वोच्च अदालतले त्यहाँ राममन्दिर बनाउने बाटो आफ्नो फैसलाबाट दिए पनि उसले आफ्नो फैसलामा भनेको थियो, २२-२३ डिसेम्बरको मध्यराति त्यहाँ कुनै मूर्ति प्रकट भएको थिएन, त्यसलाई षड्यन्त्रपूर्वक राखिएको थियो, बाबरी मस्जिदलाई ढाल्नु एउटा आपराधिक काम थियो र जहाँ मस्जिद थियो त्यहाँ कुनै मन्दिर भएको प्रमाण भेटिएको छैन । थाइल्याण्डका राजवंश आफूहरूलाई भगवान रामको वंशज भन्छन् ।
थाइल्याण्डको राष्ट्रिय ग्रन्थ रामायण हो जसलाई थाई भाषामा राम कियेन अर्थात् राम कीर्ति भनिन्छ, जो वाल्मीकि रामायणमाथि आधारित छ । जबकि थाइल्याण्डमा अधिकांश जनता थेरावादी बौद्ध मतावलम्बी छन् । बैंकक नजिकै अयोध्या शहर त्यहाँको राजधानी हो । त्यहाँका जनताले थाई राजालाई विष्णुको अवतार मान्दछन् । त्यहाँको संसद अगाडि थाइल्याण्डको राष्ट्रिय पंक्षी गरुडको मूर्ति राखिएको छ । थाइल्याण्डको बौद्ध मन्दिरहरूमा ब्रहृमा, विष्णु र महेशको मूर्तिहरू भेटिन्छन् ।
यति धेरै प्रमाणहरू हुँदाहुँदै हामी नेपालीहरूले इण्डियाको साकेतलाई अयोध्या मान्ने कि, नेपालको ठोरीस्थित अयोध्यापुरीलाई वा थाइल्याण्डलाई । वाल्मीकि रामायणको आधार तथा पुरातात्विक अनुसन्धानको आधारमा सक्कली अयोध्या कुन हो पत्ता लगाउनुपर्छ । योगी नरहरिनाथलगायत विभिन्न विद्वानले बाल्मिीकि रामायण र त्यहाँ भेटिएका मूर्तिहरू, गुफाहरू, भग्वावशेषको आधारमा ठोरीको अयोध्यापुरीलाई नै वास्तविक राम जन्मस्थल मानेका छन् । यसको प्रमाणिकताका लागि अझै धेरै शोध, उत्खनन आदि गर्नुपर्छ । अस्ति भर्खर इण्डियाको अयोध्यामा भगवान रामको मूर्तिमा प्राण प्रतिष्ठा हुँदा राम जन्मभूमिको प्रश्नमा नेपालीहरू विभाजित भए, कसैले रामको जन्म इण्डियाको अयोध्यामा भएको भन्ने ढिपी गरे कसैले नेपालको अयोध्यापुरीमा ।
शंकाको कुरा के छ भने विभिन्न गाविसलाई गाउँपालिकामा गाभ्दा अयोध्यापुरीको नाम मेटाउन गणतन्त्रवादीहरूले त्यो गाउँपालिकाको नाम अयोध्यापुरी राखेनन् । स्वयं राज्य नै हाम्रो देशको ऐतिहासिक प्रमाणहरू मेटाउन लागि परेको छ । छ करोड वर्ष पुरानो भनिएको शालिग्राम शीला इण्डियालाई बेच्नु पनि इण्डियाको षड्यन्त्रको हिस्सेदार राज्य पनि भयो । भोलि यही शिलाको आधारमा इण्डियामा भेटिएको छ करोड वर्ष पुरानो शालीग्राम शिलाको आधारमा इण्डिया विश्वकै सबैभन्दा पुरानो मुलुक हो भनेर प्रमाणित गर्नेछन्, सनातन धर्म, वेद, पुराण आदि ग्रन्थहरू इण्डियामै लेखिएको भन्नेछन् ।
यसले राष्ट्रिय स्वयं सेवक संघको इण्डियालाई विश्व गुरु बनाउने सपना पूरा गर्न मद्दत गर्नेछ । जब राज्य नै राष्ट्रविरुद्ध लाग्छ भने यो राष्ट्रको इतिहास, गौरवगाथाहरूलाई कसले बचाउन सक्छ र ? अहिले रामजन्मभूमिको विवाद लिएर नेपालीहरू दुई खेमामा हुनु, इण्डियामा प्राण प्रतिष्ठा हुँदा इण्डियाको भन्दा पनि बडो धुमधामका साथ पूरै तराई र पहाडी शहरी इलाकाहरूमा अयोध्या महोत्सव तीन चार दिनसम्म मनाउनु, डिजेमा तीन दिनसम्म लगातार भजन, कीर्तन, रामचरित मानसको वाचन, रथयात्रा, शोभायात्रा आदि गर्दै राष्ट्रिय स्वयं सेवक संघको नारा जय श्रीराम लगाउनु, सीताराम नभन्नु, तीन दिनसम्म रातभरि पटाकाहरू पड्काउनु, यति लामो हर्षोल्लास त इण्डियामै भएन जति नेपालमा भयो ।
राष्ट्रियसभा त जनताबाट अस्वीकृत, बदनाम, नेताहरूका आफन्त, मालपानी दिने व्यक्तिहरू थन्काउने ठाउँ हो । देश सिक्किमीकरणको मोडेलमा गइसकेको छ । देशको नदीनाला सबै इण्डियालाई दिई सकिएको छ, अब रेलवे लाइन पनि उसैले बनाइदिने । इण्डियाबाट सोझै काठमाडौं पुग्ने ताकि नेपाललाई कब्जा गर्न इण्डियालाई सजिलो होस् । नेपालको सुरक्षाको महत्वर्पूण स्थल तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं पोखरा र लुम्बिनीको ग्राउण्डहृयाण्डलिङको जिम्मा इण्डियन कम्पनी अडानी समूहलाई र बन्द रहेका उद्योगहरूको सञ्चालनको जिम्मा टाटा समूहलाई दिने तयारी गरिरहेको छ सरकारले । के नेपालमा नेपाली कम्पनी, राष्ट्रिय वायु सेवा निगम वा राट्रिय उद्योगपतिहरू नभएरै हो र ?
हाम्रो शिक्षा प्रणाली यतिसम्म पश्चिमीकरण गरिएको छ कि आज हाम्रा नानीहरूमात्र होइन हामी पृथ्वीनारायण शाहलाई चिन्दैनौं तर भारतका सरदार बल्लभभाई पटेल, सात समुद्रपारिका कार्ल माक्र्सं र लेनिन, माओ, गान्धी र मोदीलाई चिन्छौं, हामी इण्डियाकी रानी लक्ष्मीबाईलाई चिन्छौं ।
हाम्रो शिक्षा प्रणाली यतिसम्म पश्चिमीकरण गरिएको छ कि आज हाम्रा नानीहरूमात्र होइन हामी पृथ्वीनारायण शाहलाई चिन्दैनौं तर भारतका सरदार बल्लभभाई पटेल, सात समुद्रपारिका कार्ल माक्र्सं र लेनिन, माओ, गान्धी र मोदीलाई चिन्छौं, हामी इण्डियाकी रानी लक्ष्मीबाईलाई चिन्छौं तर राष्ट्र एकीकरणमा लक्ष्मीबाई भन्दा करिब डेढ दुई सय वर्षअगाडि नै मर्दाना पोशाक लगाएर राष्ट्र तरबार लिएर मैदानमा कुदेकी रानी राजेन्द्रलक्ष्मीलाई चिन्दैनौं । हामी भगतसिंह, चन्द्रशेखर, सुभाषचन्द्र बोस, नेहरू, गान्धी आदिलाई चिन्छौं तर नालापानीका योद्धाहरू, भक्ति थापा, अमरसिंह थापा, बलभद्र कुँवर, वंशी गुरुङ, केहरसिंह बस्न्यात आदिलाई चिन्दैनौं, हामी तपस्वी, अनुसन्धानकर्ता तथा महान विद्वान नरहरिनाथलाई चिन्दैनौं तर योगी आदित्यनाथलाई चिन्छौं । यो हाम्रो मानसिक दासता न भएर के हो ?
जब–जब अत्याचार बढ्छ तब अत्याचारीको अन्त्य निकट आउँछ । नेपालका यी शासकवर्ग जो आफूलाई भगवान कृष्णको अवतार ठान्छन् जसका गुरुहरू कृष्ण र क्राइन्ट एउटै हो भन्छन्, त्यसैलाई मान्छन्, जो आफूलाई सक्कली भगवान ठान्ने पौण्ड्रक ठान्दछन् तिनीहरूको अन्त्य पनि निकट भविष्यमा हुनेछ । सत्य कहिल्यै पनि मर्दैन । पौण्ड्रक कुरुष देशका राजा थिए । उनीसँग यस्तो अनौठो विद्या थियो कि उनी चाहेको रूप धारण गर्न सक्थे । उसले आफूलाई कृष्णजस्तै बनाए । उनले श्रीकृष्णजस्तै सुदर्शन चक्र धारण गरे र मयुरको मुकुट लगाए । कौस्तुभ मणि धारण गरेर, घाँटीमा माला लगाएर आफूलाई पौण्ड्रक वासुदेव भन्न थाले ।
संयोगले उनका पिताको नाम पनि वसुदेव थियो । उनका मन्त्री र सल्लाहकारहरूले पनि उनलाई उचाल्दै हजुर नै सक्कली भगवान श्रीकृष्ण हो भनेपछि उनी घमण्डले झन आफूलाई भगवान भन्न थाले र आफ्ना प्रजालाई पनि आफूलाई भगवान मानेर पूजा गर्न लगाए । उनले एकदिन आफ्नो दूतलाई द्वारिका कृष्णकहाँ पठाएर कृष्णले आफ्नो सबै अलंकार, सुदर्शन चक्र आदि त्यागेर मलाई भगवान मान र मलाई भगवान नमान्ने भए मसँग युद्ध गर्न तयार होऊ भने । कृष्णको सभामा उपस्थित राजा उग्रसेन र राजसभाका पदाधिकारीहरू पौण्ड्रकको दूतको कुरा सुेनेर गलल्ल हाँसे । श्रीकृष्णले पौण्ड्रकको दूतसँग सन्देश पठाए, म आफ्नो आभूषणहरू पनि फाल्दिन, न त तपाईंलाई भगवाननै स्वीकार गर्छु । म चाँडै नै तपाईंको युद्धको अभिलाषालाई पूर्ण गर्न आउँदैछु, म तपाईसँग युद्ध गर्नेछु ।
पौण्ड्रकले युद्धको चुनौती स्वीकार गर्यो । ऊ काशी आएर काशीराजको दरबारमा बसेको थियो । कृष्ण आफ्ना सेना लिएर काशी आए र उनका सेनाले काशीलाई चारैतिरबाट घेरे । पौण्ड्रक श्रीकृष्ण छेउ आयो । श्रीकृष्णले देखे उनी दुरुस्त कृष्ण बनेका रहेछन् । पौण्ड्रकले शंख, चक्र, गदा, पद्म धारण गरेका थिए । उनले शारंग धनुष हातमा लिएका थिए, वक्षमा वत्सको चिहृन थियो, घाँटीमा कौस्तुभ मणि, फूलमाला, शिरमा मयुरको प्वाँख । श्रीकृष्ण र पौण्ड्रकबीच घमासान युद्ध भयो । पौण्ड्रकका सेना तितरबितर भए ।
कृष्णले पौण्ड्रकलाई भने, पौण्ड्रक तिमीले जुन आभुषणहरू मलाई त्याग्न भनेका थियौ अब तिमी ती सबै त्यागेर मेरो शरणमा आऊ नत्र म तिम्रो वध गर्नेछु । तर, पौण्ड्रकले मानेनन् । श्रीकृष्णले सुदर्शन चक्रले पौण्ड्रकको शिर काटेर काशीको चौबाटोमा झुण्डाइदिए । काशीराज झुण्डाएको शिर देखेर पौण्ड्रकले कृष्णको शिर काटेर झुण्डाएको भन्दै खुशी हुँदै युद्ध मैदानमा पौण्ड्रकलाई भेट्न आए । श्रीकृष्णले उनको पनि वध गरी उनको शिर उनकै दरबारअगाडि झुण्डाइदिए ।
आफ्ना पिताको वधको प्रतिशोध लिन काशीराज पुत्र सुदक्षिणले शिवजीको तपस्या गरे । उनको तपस्याबाट शिवजी प्रसन्न भए र यज्ञकुण्डबाट आग्नेय राक्षस प्रकट भयो । सुदक्षिणले त्यस दैत्यलाई कृष्णको वध गरी द्वारिका भष्म गर्न पठाए । तर, श्रीकृष्णले आफ्नो सुदर्शन चक्रलाई पठाई सुदक्षिण, यज्ञको पुरोहित, आग्नेय दैत्यसमेतलाई भष्म गरिदिए । नेपालका पौण्ड्रक शासकवर्ग जो आफूलाई यो पवित्र भूमिको एकछत्र महाराज ठानिरहेका छन् उनीहरूले अविलम्ब सत्ता यो देशको सक्कली शासकलाई समर्पण नगरे उनीहरूको पनि अवस्था यस्तै नहोला भन्ने छैन ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts