काठमाडौं । बाराही हाइड्रोपावरले हकप्रद जारी गर्ने भएको छ । हकप्रद जारी गर्ने प्रस्ताव गत पुस २९ गते सम्पन्न आठौँ वार्षिक साधारणसभाबाट पारितसँगै कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । प्रतिसेयर सय रुपैयाँ अंकित दरका २५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न कम्पनीले मुक्तिनाथलाई नियुक्त गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात् २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । एक बराबर एक अनुपातमा हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्ने बताइएको छ ।
हकप्रद सेयर निष्कासनबाट संकलन हुने पुँजी कम्पनीले आफ्नो ५१ प्रतिशत सेयर रहेको ९३.४५ मेगावाट सिंकोस खोला जलविद्युत् आयोजना र ०.७५ मेगावाट ठेउले खोला जलविद्युत् (क्यास्केड) आयोजना निर्माणमा लगानी गर्नेछ । २०७९ मंसिरमा कम्पनीले पाँच करोड ५४ लाख बराबरका पाँच लाख ५४ हजार कित्ता आइपिओ जारी गरेको थियो । बाराही हाइड्रो पावरले बागलुङको कुस्मिसेरामा १.५ मेगावाट ठेउले खोला जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता