काठमाडौं । कृषि प्रदर्शनी मेला छैटौँ नेपाल एग्रिटेक इन्टरनेसनल एक्स्पोमा मुक्तिनाथ कृषि कम्पनीले स्पेनको सस्टेनेबल एग्रो सोलुसन्स(एसएएस)सँगको सहकार्यमा फरक्रप नामक जैविक मल तथा उत्सर्जक नेपाली बजारमा भित्र्याएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालसँगै मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष सीताराम काफ्ले र प्रबन्ध निर्देशक भरतराज ढकालले संयुक्तरूपमा उक्त जैविक मल सार्वजनिक गरेका हुन् ।
उत्पादकत्व बढाउन उचित मल तथा उत्सर्जक अभाव देखिएसँगै कृषकको समस्या समाधानका लागि कम्पनीले जैविक मल भित्र्याएको जनाएको छ । वनस्पति विकास, फूल फुल्ने र फल लाग्ने चरणमा आवश्यक पर्ने पोषक तथा सूक्ष्म पोषक तत्व भएको जैविक मल तथा उत्सर्जकले समग्र कृषि उत्पादकत्व वृद्धिमा टेवा पु¥याउने कम्पनीले जनाएको छ ।
कृषकसँग मुक्तिनाथ र उपभोक्तासँग मुक्तिनाथ अभियानद्वारा संस्थागत मूल्य शृंखला व्यवस्थापनमार्फत् कृषि चक्रको निर्माण गर्दै नेपालको कृषि अर्थतन्त्र सवल बनाउने अभिप्रायले २०७५ सालमा स्थापना भएको कृषि कम्पनीले विगत पाँच वर्षदेखि कृषकमा आफ्नो अभिमुखीकरण, प्रविधि प्रसार साथै उत्पादन र उत्पादकत्व वृद्धिका लागि आवश्यक साधन तथा सेवा व्यावसायिक साझेदारमार्फत् देशको ६९ भन्दा बढी जिल्लामा पुर्याउँदै आएकोे छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts