काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले बिहीबार गण्डकी प्रदेशअन्तर्गतका २७ शाखा कार्यालयको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा शाखामा देखिएका समस्या, चुनौती तथा समाधानका उपायका साथै चालु तेस्रो त्रैमासका रणनीतिबारे छलफल भएको थियो ।
संस्थाका सञ्चालक समिति अध्यक्ष सुवर्ण ढकालले कर्मचारीको सकारात्मक सोचले संस्थाले लिएको लक्ष्यमा अघि बढ्न उत्प्रेरित गरेको बताउनुभयो । संस्थाका अनुसार गण्डकी प्रदेशमा सम्पन्न कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे, गण्डकी प्रदेशका ओभरसाइट अफिसर अनितजंग पाण्डे, गण्डकी प्रदेशका प्रदेश प्रमुख, उपप्रमुख तथा सपोर्ट अफिसरलगायत २७ शाखाका शाखा प्रबन्धककोे उपस्थिति रहेको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता