त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनका अधिकृतमाथि हातपात

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालय प्रमुख र अधिकृतमाथि प्रहरीले हातपात गरेको छ ।

विमानस्थल अध्यागमन अधिकृत छायाँलाल मोक्तानमाथि हातपात भएको र पछि छलफलका क्रममा अध्यागमन कार्याललय प्रमुखमाथि पनि प्रहरीले हातपात गरेको जानकारी आएको अध्यागमन विभागका प्रवक्ता प्रेमप्रसाद दाहालले जानकारी दिनुभयो ।

ADVERTISEMENT

शुक्रबार बिहान अध्यागमन अधिकृत मोक्तान विमानस्थलको अराइभलबाट डिपार्चरतिर जाँदा मेटल डिटेक्टर भएको स्थानमा चेकजाँच गर्ने क्रममा विवाद भएको थियो ।

अध्यागमन अधिकृत मोक्तानले आफू अध्यागमन अधिकृत भएको र मेटल पनि नभएकाले किन चेकजाँच गरेको भनेर प्रश्न गरेपछि विवादका क्रममा आफूलाई प्रहरीले कुटपिट गरेको अध्यागमन अधिकृत मोक्तानले बताउनु भयो । मोक्तानले आफूमाथि प्रहरीले हातपात गरेको जानकारी कार्यालय प्रमुखलाई गराएपछि सीसीटीभी फुटेज हेरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *